मुगुमा आमा र तीन छोराछोरीको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा छायानाथ रारा नगरपालिका स्थायी ठेगना भई हाल बाँके कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही छन् ।
छायानाथ रारा नगरपालिका–६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोरा ११ वर्षका मनोज, सात छोरी सात वर्षकी अप्सरा र ५ नाबालक छोरा पाँच महिनाका रहरको गत ८ कात्तिकमा आफ्नै घरमा विभत्स हत्या भएको थियो ।
हत्याको लामो समयसम्म दोषी पक्राउ नपरेपछि प्रहरीको आलोचना हुन थालेको थियो । जिल्ला प्रहरी कार्यालय मुगु, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले घटनाको छानबिन गरेको थियो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी भीम ढकाल आफैं घटना अनुसन्धानका लागि मुगु पुगेका थिए ।