०८ पौष २०८१, सोमबार
wait Please...

अनवर अलि

शुक्रबार, कार्तिक २४, २०८०

काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेल्नका लागि यूएई जाने नेपाली राष्ट्रिय फूटबल टोलीलाई बिदाई गरिएको छ ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा पदाधिकारीहरुले नेपाली टोलीलाई बिदाई गरेका हुन् । दोस्रो चरण अन्तर्गत नेपालले यमन र यूएईसंग प्रतिष्पर्धा गर्नेछ । नेपालले कार्तिक ३० गते युएईसँग उसैको मैदानमा खेल्नेछ । बिदाई कार्यक्रममा नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले यूएई नेपालका लागि बलियो प्रतिद्धन्दी रहेको र नेपालले पनि निकै राम्रो तयारी गरेको बताए । उनले उपलव्ध स्रोत साधनका बाबजुत भएको तयारीमा आफु सन्तुष्ट रहेको जिकिर गरे ।

त्यस्तै राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन विष्टले बाहिर धेरै खेल्न पाए टीमलाई सजिलो भएपनि बाहिर धेरै खेल खेल्न नपाएको बताए । विश्वकप छनोटमा राम्रो खेल खेल्नका लागि टीम तयारी अवस्थामा रहेको उनले बताए ।

यूएईसंगको खेलपछि नेपालले मंसिर ५ गते काठमाडौंको दशरथ रंगशालामा यमनसंग दाश्रो खेल खेल्नेछ । यसअघि नेपालले प्रारम्भिक चरणमा लाओसलाई दुई लेगको खेलमा समग्र २–१ ले पराजित गर्दै विश्वकप छनौटको दोस्रो चरणमा स्थान बनाएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]