राजबिराज – अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप– २०२३ को उपाधि जितेको छ ।
भारतलाई उसकै घरेलु मैदानमा हराउॅदै छैठौंपटक अस्ट्रेलियाले विश्वपक जितेको हो । आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदीरंगशालामा भारतलाई अस्ट्रेलियाले ६ विकेटले पराजित गरेको हो । सन् १९८७ मा पहिलो पटक उपाधि जितेको अस्ट्रेलियाले १९९९, २००३, २००७ र २०१५ मा विश्वपक उपाधि जितेको थियो । लिग चरण र सेमिफाइनलमा गरी १० खेलमा अपराजित भारत फाइनलमाअस्ट्रेलियासँग पराजित भयो । विश्वकपको लगातार १० खेलमा जित हात पारेको भारतीय खेलाडीको फाइनलमा ब्याटिङ चल्न सकेन ।