२१ आश्विन २०८१, सोमबार
wait Please...

अनवर अलि

शुक्रबार, मंसिर १५, २०८०

पोखरा – मधेश प्रदेशले नेपाली क्रिकेट टोलीबाट खेलेका १० खेलाडी प्लेइङ ११ मा भएको त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै केपी ओली कप टि२० प्रतियोगिता उपाधि जितेको छ । यो मधेशले जितेको पहिलो राष्ट्रिय स्तरको प्रतियोगिता समेत हो ।

जितको लागि १ सय ३६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रन बनायो । विवेक यादव १४ बलमा २ चौका र २ छक्कासहित २५ र सोमपाल कामी १५ बलमा १६ रनमा अविजित रहे ।

आर्मीका कप्तान विनोद भण्डारीले ३० बलमा ५ चौकासहित सर्वाधिक ३२ रन बनाए । आर्मीको आजको प्लेइङ ११ मा ओपनर सन्तोष कार्की बाहेक अन्य सबै खेलाडीले नेपाली टोलीबाट खेलेका छन् ।

आर्मीले ओपनर सन्तोष कार्कीलाई पाँचौं ओभरको चौथो बलमा गुमाएको थियो । प्रदीप पासवानको बलमा एलबीडब्लू आउट हुँदै कार्की १३ बलमा ३ चौकासहित आउट भए । मध्यगतिका बलर प्रतिक यादवले नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आठौं ओभरको तेस्रो बलमा ५ रनमा क्याच आउट गराए ।

११ औं ओभर मधेशको जितको टर्निङ प्वाइन्ट बन्यो । कप्तान हरिशंकर शाहले विनोद भण्डारीलाई पहिलो बलमा एलबीडब्लू आउट गरे । एक बलपछि बसिर अहमद पनि २ रनमा एलबीडब्लू आउट भए । पाँचौं बलमा नेपाली टोलीका विष्फोटक ब्याटर कुशल मल्ल शून्यमा बोल्ड भएपछि आर्मी ११ ओभरमा ५८–५ को अवस्थामा पुगेको थियो । हरिशंकरको अर्को ओभरमा राजेश पुलामी आउट भएपछि आर्मी १२.५ ओभरमा ६४–६ को अवस्थामा पुगेको थियो । भीम सार्की २१ बलमा २ चौका र १ छक्कासहित २२ रनमा आउट भए ।

मधेशका हरिशंकर शाहले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । प्रदीप पासवानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । प्रतिक यादवले ३ ओभरमा १४ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । मधेशको जितमा तल्लोक्रमका ब्याटर विशाल पटेलले ३२ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रनको अविजित इनिङ खेलेका थिए ।

ओपनर हरिशंकर शाह २१ बलमा ३ चौका र २ छक्कासहित २७, अनिलकुमार शाह ६, इमरान शेख ८, पवन सरार्फ ९, मयन यादव ३, हिमान्शु दत्त १४ र विशाल शुश्लिङ १० रनमा आउट भए ।

आर्मीका साहब आलमले ३ ओभरमा ५ रन खर्चेर ३ विकेट लिए । विवेक यादवले ४ आभरमा ३० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र बसिर अहमदले १–१ विकेट लिए । मधेशले समूह चरणमा पुलिसलाई नेटरनरेटले पछि पार्दै सेमिफाइनल खेलेको थियो ।

सेमिफाइनलमा नेपाल एपिएफ क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । मधेशले कुनैपनि प्रतियोगिता जितेको यो पहिलो पटक हो । देश प्रदेश संरचनामा गएपछि मधेशले यसअघि कुनैपनि प्रतियोगिता फाइनल समेत खेल्न सकेको थिएन ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]