२१ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष ०३, २०८०

सप्तरी- सप्तरी रुपनी गाउँपालिका ५ बसविट्टीमा तीन दिवसीय कुस्ती प्रतियोगिता आयोजना गरिएको छ । रामजानकी विवाह पन्चमी महोत्सव २०८० आयोजक समिति बसविट्टीद्वारा कुस्ती प्रतियोगिता आयोजना गरेको हो ।

समितिका संयोजक चित्तरन्जन यादवको अध्यक्षता आयोजित प्रतियोगिताको सोमबार आयोजित एक समारोहको विच कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादव, विशिष्ट अतिथिहरु रुपनी गाउँपालिका अध्यक्ष दिनेश यादव, प्रमुख जिल्ला अधिकारी किरण थापाले कुस्ती खेलाडीसंग हात मिलाएर र रिवन काटेर संयुक्त रुपमा उद्घाटन गरे ।


सोमबार सम्पन्न उद्घाटन खेलमा नेपालका हरिहर पहलमान भारतका हलचल पहलमान, नेपालका बाबा रामदेव भारतका भिम पहलमान र नेपालका सैतान सिंह भारतका बाबारसिंह पहलमान विच प्रतिस्पर्धा भएको छ ।

प्रतियोगिता उद्घाटन समारोहमा प्रदेशसभा सदस्य किरण कुमारी साह, सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्वी बज्राचार्य, राष्ट्रिय अनुसन्धान आयोग कार्यालय सप्तरीका उप-अनुसन्धान निर्देशक सुरेन्द्र कोइराला , सशस्त्र प्रहरी प्रमुख एसपी धन बहादुर सिंह, रुपनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, निमित्त प्रमुख प्रशासकीय अधिकृत तारिणी प्रसाद यादवसहित ६ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

बुधबारसम्म संचालन हुने प्रतियोगितामा नेपालका चर्चित कुस्ती खेलाडी वसन्त थापा, देवा थापा, बाबार पहलमानसहित नेपाल तथा भारतका चर्चित पहलमानहरुको सहभागीता रहने आयोजकले जनाएको छ । कुल २५ जोडी विच प्रतिस्पर्धा हुने प्रतियोगितामा नेपाल र भारतका गरि २ जोडि महिला पहलमान समेतले भाग लिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]