कल्याणपुर सप्तरी -खडक नगरपालिका वडा नं. ७ स्थित रहेको राष्ट्रिय अधारभुत बिद्यालय कल्याणपुरमा आज एक कार्यक्रमको आयोजना गरी २२५ जना दलित बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरीएको छ । दलित तथा विपन्न बालवालिकाहरुको समग्र शिक्षामा सुधार तथा शिक्षा क्षेत्रलाई मजबुत पार्ने उद्देश्य का साथ शैक्षिक सामग्रीहरु सेभ द चिल्ड्रेनको साझेदारीमा सबल नेपालद्वारा संचालित सम्मुनति कार्यक्रमद्वारा वितरण गरीएको हो ।
खडक नगरपालिका वडा नं ७ का अध्यक्ष राकेश कुमार साहको अध्यक्षता एवं नगर प्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा आयोजना भएको उक्त कार्यक्रममा ब्याग १ थान, स्विटर १ थान लगायतका शैक्षिक सामग्री सो बिद्यालयमा अध्यनरत बालबालिकाहरुलाई प्रदान गरिएको छ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुखले नगरपालिकाले गुणस्तर शिक्षामा जोर दिएको तथा नगरपालिका भित्र रहेका सबै सामुदायिक बिद्यालयहरुमा बालबिकास र कक्षा एक सम्म अंग्रेजी माध्यममा यसै बर्षको शैक्षिक सत्रबाट पढाइ सुरु गरिएको हुदा शैक्षिकमा सुधार हुने बिश्वास ब्यक्त गर्नु भयो यसैगरी यस क्षेत्रमा सबल नेपाल र सेभ द चिल्ड्रेनले गरेको सहयोगको प्रशंसा गर्नु भयो
यसैगरी कार्यक्रममा खडक नगरपालिका वडा नं ७ को वडाअध्यक्षले शिक्षाको बिकास भए मात्र भबिष्य राम्रो हुने उदेश्यले वडाभरीका सामुदायिक बिद्यालयहरुमा खेलकुदमा समेत राम्रो गरि रहेको बताउदै शिक्षामा गुणस्तरीय ल्याउनका लागि आफु लागि परेको भन्दै यसप्रति सामुदायिका जनताले पनि साथ दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सबल नेपालका परियोजना संयोजक रोशन कुमार मण्डल , कार्यक्रम सुपरभाइजर अशोक कुमार साह ,समुदायिक परिचालक राजेश साह लगायत बिद्यालयका अभिभावक र स्थानिय समुदायिका ब्यक्तिहरुको उपस्थित रहेको थियो ।
यसै गरि आजै एक कार्यक्रम बिच खडक नगरपालिका वडा ८ मा रहेको श्री जन जागृती अधारभुत बिधालयका बाल बिकास देखि कक्षा ६ सम्म १५४ जना बिद्यार्थीहरुलाई स्विटर बितरन गरेको छ ।