३० कार्तिक २०८१, शुक्रबार
wait Please...

अनवर अलि

बिहिबार, माघ १८, २०८०

काठमाडौं -​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत ठूलो परिमाणमा जग्गा हडपेको विषय बाहिर आएको छ ।

विनोद चौधरीलाई समेत पक्राउ गर्न खोजी कार्य जारी रहेको सीआईबी उच्च स्रोतले जानकारी गरायो  ।

अरुण चौधरी मात्र हैन, विनोद चौधरीकै नाममा पनि २ हजार कित्ता सरकारी जग्गा भेटिएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘सरकारी जग्गा हिनामिना गर्ने कसैलाई नछाड्नू भन्ने आदेश छ । सीआईबीले विनोद चौधरीलाई पनि खोजिरहेको छ । उनी उम्किने ठाउँ छैन ।

पञ्चायतकालदेखि नै जग्गा हिनामिना गरेको पाइएको प्रहरीले उच्च स्रोतले बतायो ।

‘२०४२ सालमा पञ्चायतको पालादेखि प्रजातन्त्रकालसम्म उनीहरूले सरकारी जग्गा हडपेको पाइयो,’ प्रहरी स्रोतले थप्यो ।

चौधरी समूहले हडपेको जग्गामा चाँदबाग स्कूल सञ्चालन गरिएको छ भने अहिले अर्को अपार्टमेन्ट बनाउने तयारी छ ।

विनोद चौधरीले गरेको कीर्तेबारे मिहिन ढंगले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘थोरै होइन, २ हजार कित्ता सरकारी जग्गा हडपेको पाइयो, सरकारी जग्गा हडप्ने कसैलाई उम्किन नदिनू भन्ने गृहमन्त्रीको निर्देशनानुसार छानबिन गरिरहेका छौं,’ प्रहरी स्रोतले भन्यो ।

पञ्चायतको समयमा दरबारलाई प्रभाव पारेर र बहुदल तथा गणतन्त्रको समयमा राजनीतिक दलका नेतालाई प्रभावमा पारेर चौधरी समूहले सरकारी जग्गा हडप्दै आएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]