काठमाडौं – एक दिवशीय क्रिकेट खेलमा नेपालले क्यानडालाई हराएको छ । नेपालले क्यानाडालाई ७ रनले हराएको हो ।
२२५ रनको लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा अल आउट भएको हो । नेपालको लागि क्यप्तेल रोहित पौडेल सर्वाधिक ४ विकेट लिए भने ललित नारायण राजबंशीले २ विकेट लिए । त्यस्तै सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले समान १-१ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिंग गरेको नेपालले ५० ओभरमा अल आउट हुँदै २२४ रन बनाएको थियो । नेपालको लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रन आरिफ शेखले ३८ रन, सोमपाल कामीले २७ रन, कुशल मल्लले २० रन, भिम शर्कीले १७ रन, र तथा पवन सर्राफले १५ रन बनाएका थिए ।
यस सिरिजमा नेपाल र क्यानाडाबीच ३ खेल हुने छ । दोस्रो खेल माघ २७ गते र अन्तिम खेल माघ २९ गते हुने छ।
नेपाल क्रिकेट इतिहास कै दुई सफल प्रशिक्षक आमने समाने भएका हुन् । नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाई छन् भने क्यानडाका मुख्य प्रशिक्षक पुबुदु दासानायके छन् । पुबुदु पनि नेपालको मुख्य प्रशिक्षक भईसकेका छन् । पुबुदु कै बेला नेपाल डिभिजन फाइभदेखि डिभिजिन टु सम्म पुगेको थियो भने टी–२० विश्वकपसम्म पनि पुगेको थियो। मोन्टीको प्रशिक्षणमा नेपालले आईसीसी विश्वकप लिग २ मा पछिल्ला १२ मध्ये ११ खेल जित्दै ओडीआई मान्यता पायो, एसीसी प्रिमियर कपको उपाधि जित्यो, पहिलो पटक एसिया कपमा सहभागी भयो र पुनः टी–२० विश्वकपमा स्थान पनि बनायो ।
उता नेपाल छाडेपछि पुबुदुले क्यानडालाई २०१४ पछि पहिलो पटक २०२३ मा ओडीआई मान्यता फिर्ता दिलाए र टी–२० विश्वकपमा पनि पहिलो पटक पुर्याएका छन् । तसर्थ नेपाली क्रिकेटको इतिहासमा सर्वाधिक सफल दुई प्रशिक्षकहरु टियु मैदानमा आमने सामने भएका हुन।
यो सिरिजपछि नेपालले नेपाल मै लिग २ अन्तर्गतको पहिलो खेलको रुपमा नेदरल्याण्ड र नामिबियाँसँग सिरिज खेल्ने छ ।