मधेस प्रदेश – पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणमा एकजना युवक पक्राउ परेका छन् ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै गएराति भएको हत्या प्रकरणमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको हो ।
सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले उक्त प्रकरणमा अनुसन्धान अघि बढाइएको बताउँदै शंकास्पद एक युवकलाई पक्राउ गरिएको बताए ।
धान रोप्न चन्द्रनगर गाउँपालिकास्थित घरमा पुगेका ८० वर्षीय रायको गएराति अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको थियो।
मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल घटनाको अनुसन्धान जारी रहेको बताए । उनले रायको घरमा छिरेका तीनजना नै हत्यामा संलग्न भएको आशंकमा अनुसन्धान अघि बढेको छ ।
घरेलु हतियार प्रयोग गरेर रायको हत्या गरिएको प्रहरीले जनाएको छ । उनको शव अहिले पोस्टमार्टमका लागि मलंगवा पठाइएको छ ।