३० आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, साउन २५, २०८१

सप्तरी – खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालयअन्तर्गतका सबै निकाय र कार्यालयलाई यथाशीघ्र ई–हाजिरी अनिवार्य रुपमा लागू गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा केही समयअघि ई–हाजिरीको प्रारम्भ गरिएको भए पनि यसको प्रयोगमा कमी आएको गुनासो बढ्दै गएपछि मन्त्री यादवले निर्देशन जारी गरेका हुन् ।

मन्त्री यादवले कर्मचारीहरूको उपस्थितिको नियमितता, पारदर्शिता र सुशासन सुनिश्चित गर्न ई–हाजिरी प्रणालीलाई समयमै कार्यान्वयनमा ल्याउन र यसबाट कर्मचारीको उपस्थिति, बिदा र काजसम्बन्धी रेकर्ड व्यवस्थित गर्न सबै कार्यालयलाई निर्देशन दिए । उनले कुनै पनि निकाय वा कार्यालयले ई–हाजिरी लागू नगरेको पाइएमा यथाशीघ्र लागू गर्न निर्देशन दिएका छन् ।

यादवले रानीपोखरीस्थित खानेपानी तथा ढल व्यवस्थापन विभाग, मेलम्ची खानेपानी विकास समिति, आयोजना कार्यान्वयन निर्देशनालय अनामनगर, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड भैँसेपाटी, काठमाडौं उपत्यका खानेपानी लिमिटेड त्रिपुरेश्वर, नेपाल खानेपानी संस्थान त्रिपुरेश्वर र खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग त्रिपुरेश्वरलाई विशेष रूपमा ई–हाजिरी लागू गर्न निर्देशन दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]