राजविराज सप्तरी- सप्तरी युथ नेपाल, सबल नेपाल, र सप्तरी क्रिकेट संघको संयुक्त आयोजनामा २५ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री नवल किशोर साहको प्रमुख आतिथ्यतामा, खानेपानी मन्त्रालयका माननीय मन्त्री प्रदीप कुमार यादव, सप्तरीका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मक्रान्ती, प्रहरी उपरीक्षक गज्जु सिद्धि बज्राचार्य, युवा तथा सरसफाई अभियन्ता धीरेन्द्र कुमार शाह, र विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा १४,००० बोटबिरुवा रोप्ने कार्यक्रम पब्लिक बिन्देशरी माध्यमिक विद्यालयको प्राङ्गणमा उद्घाटन गरिएको थियो।
यो अभियानलाई सफल बनाउन स्थानीय प्रशासन, जिल्ला वन डिभिजन कार्यालय सप्तरी, र सम्पूर्ण जिल्लामा छरिएका युवा सञ्जाल तथा युवाहरूको सहयोगप्रति हामी हृदयदेखि आभारी छौं सप्तरी युथ नेपालका कार्यवाहक अध्यक्ष मोहनकुमार यादवले धन्यवाद व्यक्त गरेको थियो ।
सप्तरीलाई हराभरा बनाउन तपाईँहरूको साथ र सहयोगको अपेक्षा राखेका छौँ सप्तरी युथ नेपालका कोषाध्यक्ष विष्णु यादवले भने । यो वृक्षारोपण कार्यक्रम सप्तरी जिल्लाका १८ वटै स्थानीय तहहरूमा गरिएको थियो।