सप्तरी – मोटरसाइकलको सिटमुनि राखेर चरेश तस्करी हुने गरेको पाइएको छ। चरेश तस्करी गरेको अरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेपछि तस्करीको नयाँ शैली देखा परेको हो।
प्रहरीले पर्साको पर्सागढी नगरपालिका–९ हरिहरपुरका ३७ वर्षीय भीमप्रसाद यादव र सोही ठाउँका २२ वर्षीय घनश्याम यादवलाई पक्राउ गरेको हो । उनीहरुलाई पर्साको सखुवाप्रसौनी गाउँपालिका–२ श्रीपुर पचगवाबाट पक्राउ गरिएको हो।
बिआर२२ एपी८८२३ नम्बरको भारतीय मोटरसाइकलको सिटमुनि लुकाएर उनीहरुले ५ किलो चरेश तस्करी गरेका थिए ।