३० कार्तिक २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, साउन ३२, २०८१

काठमाडौँ – कर वृद्धिको विरोधमा व्यवसायीले आफ्नो व्यवसाय बन्द गरी हेटौँडा उपमहानगरपालिका कार्यालय अगाडि धर्ना बसेका छन् । मकवानपुर उद्योग वाणिज्य सङ्घको आह्वानमा व्यवसायीले आ–आफ्ना व्यवसाय बन्द गरेर उपमहागरपालिका कार्यालय अगाडि धर्ना बसेका हुन् । सो क्रममा व्यवसायीले सटरको साँचोसमेत उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँलाई बुझाएका छन् ।

हेटौँडा उपमहानगरपालिकाको नगरसभाले अर्थसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०८१ पारित गर्दै करको दरमा वृद्धि गरेको विरोधमा व्यवसायी आन्दोलित भएका छन् ।

विश्वव्यापी आर्थिक मन्दीका कारण व्यापार व्यवसाय सङ्कटमा परेका बेला हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा घरवहाल करदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजस्व वृद्धि गरेकोले आन्दोलनमा मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णगुप्ता अग्रवालले बताउनुभयो । राजस्व वृद्धिको निर्णय नसच्याएसम्म आफूहरु आन्दोलन जारी राख्ने उहाँको भनाइ छ । यता हेटौँडा उपमहानगरपालिकाले करको दरमा गरिएको हेरफेरको निर्णयबाट पछि हट्न नसक्ने जनाएको छ ।

उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले उपमहानगरपालिकाको १५औँ नगरसभाले अर्थ सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०८१ पारित गरी जारी भइसकेको अवस्थामा व्यवसायीले उठाएको माग सम्बोधन गर्न नसकिने बताउनुभयो । ‘‘स्थानीय सरकारले आर्थिक ऐन जारी गरेपछि करको दरमा तत्काल हेरफेर गर्न सकिँदैन्”, उहाँले भन्नुभयो, ‘‘अब आगामी आर्थिक वर्षमा के गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरी टुङ्गो लगाउन सकिन्छ ।” यसका लागि पहल भइरहेको उहाँको कथन छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]