हनुमाननगर सप्तरी- हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर -०७ निवासी सुशिल मण्डलको छोरा बर्ष १७ को ध्रुव कुमार मण्डललाई हिजो हनुमाननगर- भारदह सडक खण्ड अन्तर्गत योगीनियाको मुसहरी टोल नजिक ठक्कर दिएका थिए र ध्रुव कुमार मण्डलको घटनास्थलमा मृत्यु भएको थियो।
एस.के.डिलक्स बसले ठकर दिई फरार भएको अवस्थामा ईलाका प्रहरी कार्यालय हनुमाननगरका इन्चार्ज पवन कुमार झा ले गोप्य ढंगले शवलाई बिना सहर जमिन मुचुल्का कुन मनसायले शवलाई राजविराज लग्यो भन्ने बिषयलाई लिएर आफन्त र स्थानियहरुले हनुमाननगर गोल चौक र इलाका प्रहरी कार्यालय अगाडि टाईर बालेर पुलिस मुर्दा बाद, घुसखोर प्रशासन मुर्दा बाद सहीत इलाका,बजार सहित चका जाम गरेको अवस्था छ। स्थानीय बासीहरूले बिहानैदेखि टायर बालेर प्रदर्शन गरिरहेको छ। स्थानीयवासीहरूले बिहानैदेखि विरोध प्रदर्शन गरिरहेको छ।