०७ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र १०, २०८१

जनकपुर – धनुषाको जनकपुरधाम उपमहानगरपालिका नगर प्रहरीले साँढेलाई अचेत बनाएर खोलामा फालेको घटना सार्वजनिक भएको छ।

रातको समयमा सहरी क्षेत्रका साँढेलाई नियन्त्रणमा लिएर नगर प्रहरीले उपमहानगर बाहिरका खोलामा फाल्ने गरिएको हो।साँढेलाई नियन्त्रणमा लिएर बेहोस हुने सुई लगाउने र टिपरमा राखेर खोल्सामा फाल्ने गरिएको स्थानीय बासिन्दाहरूको आरोप छ।

आइतबार बिहान धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिजस्थित बसही खोलाको किनारमा दुइटा घाइते र एउटा मृत अवस्थमा साँढे फेला परेका थिए।जनकपुरधामका स्थानीय प्रत्यक्षदर्शीले साँढे लोड गरिरहेको अवस्थामा नगर प्रहरीलाई देखेका थिए। जनकपुरधाममा लोड गरिँदै गरेको र नक्टाझिझमा फेला परेका साँढे एकै रहेको सिसिटिभी फुटेजमा देखिएको छ।

स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय महेन्द्रनगर र मिथिला नगरपालिकाको पशु विकास शाखालाई तीन वटा साँढे रहेको भन्दै खबर गरेका थिए। पशु विकास शाखाका चिकित्सकले अचेत साँढेको उपचार गरेका थिए।‘मरिसकेको साँढेको आँखा फुटाइएको पाइएको छ, जिउभरी चोट र डाम देखिन्छ,’ प्रत्यक्षदर्शी विनोद महतोले भने।शुक्रबार क्षिरेश्वरनाथ नगरपालिका वडा ७ स्थित जलाद खोलामा अचेत अवस्थामा दुइटा साँढे फेला परेको थियो। त्यो साँढे पनि जनकपुरबाटै टिपरमा लगेर फालेको हुन सक्ने स्थानीय र प्रहरीको आशंका छ।

शनिबार मध्यराति टिपरमा लोड गरी साँढे फाल्न गएको भिडियो विभिन्न सिसिटिभी क्यामेरामा कैद भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए। ‘जनकपुरतिरैबाट टिपरमा साँढे लोड गरेर ल्याएको देखिन्छ। तर अहिलेसम्म कुनै पनि सिसिटिभीमा गाडीको नम्बर बुझिरहेको छैन,’ उनले भने, ‘यस्तो काम कसले गरेको हो हामी खोज्दैछौं।’

शनिबार राति करिब १२ बजे जनकपुरधाम‒४ स्थित मुरली चोकमा स्थानीय चन्दन मण्डल लगायतका केही व्यक्तिले नगर प्रहरीलाई साँढेलाई कुटपिट गर्दै घाइते बनाई जेसिबीले टिपरमा लोड गरेको देखेका थिए।मोबाइलमा भिडिओ खिच्दा आफूमाथि ११, १२ जनाको समुहमा रहेको नगर प्रहरीले कुटपिट गर्दै मोबाइलको भिडियो डिलिट गर्न लगाएको चन्दनले बताए।मुरली चोककै एक निजी विद्यालयको होस्टेलमा काम गरिहरेका उनी ड्युटी सकेर राति करिब १२ बजे घर फर्किने क्रममा घटना देखेका थिए।

‘म यहीँ हुर्केको, बसेको मान्छे। मेरो चोकमा दिउँसो तीनवटै साँढेलाई बसेको देखेको थिएँ। तर राति मैले जेसिबीले लोड गर्ने क्रममा खसेर एउटा मरिसकेको र दुइवटा छटपटाइरहेको देखेपछि रोके। मेयरको आदेश छ भन्दै उनीहरुले नमानेपछि मैले भिडियो बनाउन थाले। नगर प्रहरीसँगै मेयरका बडिगार्ड पनि थिए,’ चन्दले भने, ‘मैले प्रहरीलाई पनि बोलाए। अनि उनीहरूले मापसे गरेर जे पायो त्यही बोलेको भनेपछि म आफै नगर प्रहरी लिएर प्रादेशिक अस्पताल पुगे र जँचाए, मैले केही खाएकै थिइनँ। अनि नेगेटिभ रिर्पोट आएपछि उनीहरूले घर जाऊ भने।’

साँढेलाई क्रुरतापूर्वक मारेको र त्यसो नगर्न भन्न जाँदा नगर प्रहरीले आफूलाई समेत कुटपिट गरेको भन्दै आइतबार चन्दनले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन्।कुटपिट गरेको भिडियो अर्को साथीबाट मागेर उनले प्रमाणसहित उजुरी दिएको बताए।उनकाअनुसार बुधबार दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा छलफलमा बोलाइएको छ।

तर यो विषय समान्य रहेकाले आफूलाई थाहा नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।जनकपुरधाम उपमहानगरका नगर प्रहरी इन्चार्ज नितेश रायले आफूहरूले साँढेलाई त्यसरी नफालेको दाबी गरे।‘हामीले घाइते भएको साँढेलाई उपचारका लागि गौशाला लगेका हौँ। छाडा छोडिएका गाईलाई नियन्त्रणमा लिएको हो। साँढेलाई केही गरेकै छैनौँ,’ उनले भने।

सोमबार पनि महोत्तरीको गौशाला सम्सी सडक खण्डस्थित गौशाला नगरपालिका १ रामनगरको जंगलको सडक छेउमा अन्यत्रबाट ल्याइ छाडिएको दुई साँढे फेला परेको छ। तीमध्ये एउटाको मृत्यु भइसकेको पाइएको स्थानीय सुरेश महतोले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]