काठमाडौं – यही आउँदो भदौ २१ देखि राजधानीको भृकुटीमण्डपमा विद्युतीय सामग्रीहरुको प्रदर्शनी ‘नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुने भएको छ ।
तीन दिने यस मेलामा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने छन् । प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नविन प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिव्युसन सामग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीच, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, चार्जिङ स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीको स्टल रहने आयोजकको भनाई छ ।
विद्युतीय उपकरणहरुको प्रर्द्धन तथा प्रोत्साहन गर्ने, विद्युत तथा गुणस्तरीय विद्युतीय सामग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरणका लागि प्रदर्शनी आयोजना गर्न लार्गिका भन्दै आयोजक पक्षले चाडपर्वमा विद्युतीय सामान किन्न चाहनेका लागि पनि यो महत्वपूर्ण अवसर भएको बताएको छ ।