सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसीव्यारेज क्षेत्रमा बँदेल मारेर ट्याटरमा लोड गरी लैजाँदै गरेका १० जना शिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
बन्यजन्तु चोरी शिकारीमा भीआईपी १० जनाको टोली बुधबार मध्यराती पक्राउ परेका छन ।
शिकारी टोलीमा नेपाल प्रहरीका पूर्व डिआइजी, वहालवाला प्रहरी नावय निरिक्षक र पूर्व उपसभामुखका छोरा समेत रहेको छ ।बँदेल मारेर ट्याक्टरमा लोड गरी फर्किंदै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। शिकारी टोलीमा पूर्व डिआईजी ज्ञानविक्रम शाह र प्रहरी नायव निरीक्षक सञ्जय न्यौपानेसहित रहेका छन्। शाह सुनसरीको इटहरी उपमहानगरपालिका–२ र न्यौपाने विराटनगर उपमहानगरपालिका–३ का निवासी हुन् ।
पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी नगरपालिका–८ निवासी पूर्व उपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादव, सोही नगरपालिका–२ का जर्नादन राउत, वडा नम्बर –५ का ओमशंकर प्रसैला, वडा नम्बर –१ का लक्षमण मण्डल, वडा नम्बर–३ का शंकर खिडहरी यादव, तिरहुत गाउँपालिका–२ का लक्षमण मण्डल, राजविराज नगरपालिका–७ का रविन दास र इटहरी–२ का प्रदीप लिम्बु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उनीहरुले को २ त ६९ नम्बरको ट्रयाक्टर गोली हानी मारिएको बंँदेल लोड गरेर प्र ३ – ०१– ०२२ च ६८५५ नम्बरको स्कारपियोमा फर्किदै थिए। सोही समयमा उनीहरुलाई पक्राउ गरिएको जनाईएको छ। शिकारी टोलीको साथबाट २२ क्यालीवरको राइफल १ थान, म्यागजीन २ थान, गोली १५ राउण्ड, वाइनाकुलर ३ थान, ट्राइपोर्ट १ थानलगायतका हातहतियार बरामद भएको प्रहरीले जनाएको छ ।
पूर्व डिआइजी शाह र वहालवाला सई न्यौपाने लामो समयदेखी कोसीव्यारेज क्षेत्रमा हतियारसहित शिकार खेल्न आउने गरेको थिए । अबैध गाँजा तस्करी भईरहेको सूचना पाएपछि त्यस क्षेत्रमा प्रहरी खटिएका प्रहरी टोलीपकले उनीहरुलाई पक्राउ गरेको सप्तरीका प्रहरी प्रबक्ता ढुण्डीराज नेउपानेले बताए । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखी घटनावारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएका छन ।