०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र १३, २०८१

एजेन्सी – इजरायल सरकारले रोजगारका लागि त्यहाँ जान २२ सय नेपालीको सूची तय गरेको छ। इजरायल सरकारले चिट्ठा प्रणालीबाट २२ सय नेपालीको सूची तय गरेको हो।

इजरायलको राजधानी जेरुसेलममा आयोजित एक कार्यक्रममा चिट्ठा प्रणालीबाट ११९६ महिला र १००६ पुरुष कामदार छनौट गरिएका हुन्। इजरायल सरकारको जनसंख्या तथा अध्यागमन विभागमा आयोजित कार्यक्रममा चिट्ठा प्रणालीबाट २२ सय कामदारको सूची तय गरिएको नेपालस्थित इजरायली दूतावासले जानकारी दिएको छ।

गत अक्टोबर ७ मा हमासले सुरु गरेको आक्रमणपछि इजरायल र प्यालेस्टाइनहरुबीचको द्वन्द्व अझै जारी छ। हमास आक्रमणपछि नेपाल सरकारले इजरायलबाट नेपाली कामदार फिर्ता पनि ल्याएको थियो भने ठूलो संख्यामा नेपाली कामदार अझै इजरायलका विभिन्न सहरमा काम गरिरहेका छन्।

काठमाडौँस्थित इजरायली दूतावासमा बिहीबार आयोजित एक कार्यक्रममा सञ्चारकर्मी र परराष्ट्र मन्त्रालयका अधिकारीहरुसमेतको उपस्थितिमा जेरुसेलममा आयोजित कार्यक्रमको लाइभ टेलिकास्ट गरिएको थियो।

इजरायलको जनसंख्या तथा अध्यागमन विभागले उक्त सूची नेपालको वैदेशिक रोजगार विभागमा पठाउने पनि काठमाडौँस्थित इजरायली दूतावासले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]