सुनसरी – धरानमा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ ।
बिहीबार दिउँसो परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा धरान उपमहानगरपालिका –११ पृथ्वीचोकका १४ वर्षीय रोशन लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
जिप्रका सुनसरीका प्रहरी नायब उपरीक्षक नबिन कृष्ण भण्डारीका अनुसार विद्यालयबाट घर फर्के क्रममा लिम्बुलाई खोलाले बगाएको थियो ।
धरान उपमहानगरपालिका ११ मंगलबारेको डेनबाट खोलाले बगाएका बालकको शब धरान उपमहानगरपालिका–१७ ठकुरी खोला करिब २ किलोमीटर तल फेला परेको भण्डारीले जानकारी दिए ।