०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, भाद्र १४, २०८१

काठमाडौं – टीभीएस मोटरको नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले TVS NTorq Disc125 FI BS6 सार्वजनिक गरेको छ । नाडा अटो शोमा मिस युनिभर्सका शीर्ष २२ प्रतियोगीहरुद्वारा उक्त एनटर्कको नयाँ भेरियन्ट सार्वजनिक गरिएको हो ।

एनटर्क डिस्क बिएस सिक्स एफआईमा रहेको अत्याधुनिक प्रविधि र आरटिएफआइ बिएस सिक्स प्रणालीले उत्कृष्ट माइलेज प्रदान गर्दछ। यस भेरियन्टमा रहेको स्मार्ट एक्स कनेक्ट अन्तर्गत कलर आइडी, नेभिगेसन असिस्ट, ब्लुटुथ र एसएमएस अलर्टहरू पनि उपलब्ध छन् ।

साथै ब्रेक लक, स्ट्यान्ड सेन्सर, लास्ट पार्क लोकेसन र इमर्जेन्सी लाइट जस्ता सुविधाहरु पनि यस भेरियन्टमा उपलब्ध छ । एनटर्क डिस्क बिएस सिक्स एफआईको मूल्य मात्र रु. २,७९,९०० रहेको छ । अन्य ब्राण्डका ११० सिसिको मूल्य जति नै मूल्य रहेको एनटर्क १२५ सिसिको यो भरियन्ट यती धेरै फिचरहरुका साथ लन्च गर्न पाउनु ठूलो उपलब्धी भएको कम्पनीले जनाएको छ ।

टिभिएसको लाइफटाइम वारेन्टीको सुविधा, स्पेयर पार्टस् को १ घण्टा भित्र डेलिभरीको सुविधा र नेपालकै पहिलो स्पोर्टी स्मार्ट स्कुटर भएकाले यो ब्राण्डको बजारमा आफ्नो स्थान थप बलियो रहेको कम्पनीको दाबी छ । साथमा यसमा रहेको लोयल्टी एपले ग्राहकको अनुभवलाई झनै राम्रो बनाउने र एनटर्क डिस्क बिएस सिक्स एफआई राइडरहरूको लागि पहिलो चोइस हुने कम्पनीले जनाएको छ ।

एनटर्क डिस्क बिएस सिक्स एफआईमा रहेको फिचरहरुले राइडरहरुलाई विशेष अनुभव प्रदान गर्नेछ । नयाँ भेरियन्टमा उन्नत इन्जिनियरिङ, उत्कृष्ट पर्फर्मेन्स र स्टाइलिस डिजाइनले साहसी युवा राइडरहरूलाइ स्वभाविक रुपमा आकर्षित गर्नेछ ।

नेपालभरका सबै आधिकारिक टिभिएस डिलरहरूमा तथा नाडा अटो शोमा पनि एनटर्क डिस्क बिएस सिक्स एफआई उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]