विराटनगर – विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापक अर्जुन तामाङमाथि आक्रमण गर्ने विद्यार्थीहरूलाई कारबाही गर्न नेपाल राष्ट्रिय प्राध्यापक संगठनले माग गरेको छ ।
संगठनकाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उपप्राध्यापक तामाङमाथि सो क्याम्पसका स्ववियु सदस्य रिन्कु चौधरीको नेतृत्वमा आक्रमण भएको बताएको छ । गत वर्ष चौधरीले परीक्षाका क्रममा चिट चोर्दा सो चिट खोसेको विषयलाई लिएर एक वर्षपछि उपप्राध्यापक तामाङमाथि आक्रमण भएको संगठनले जनाएको छ ।
यसरी परीक्षाका अब्जरमाथि पनि आक्रमण हुनुले आगामी दिनहरू परीक्षा सञ्चालन गर्नसमेत जोखिम हुने भन्दै संगठनले दोषीमाथि कारबाही गर्न माग गरेको हो ।