१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र १८, २०८१

काठमाडौँ – काभ्रेको भुम्लु गाउँपालिका–८ स्थित विन नेपाल लघुवित्त वित्तीय संस्थाको कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ । भदौ ११ मा लघुवित्तको कार्यालयमा फिल्ड कर्मचारी विनीता खरेललाई नियन्त्रणमा लिएर आरोपीहरूले तोडफोड गरेका हुन् ।

उनीहरूले दुई लाख मूल्य बराबरको सामान तोडफोड गरेर लघुवित्तको कागजात बा १८ च १०५१ नम्बरको बोलेरोमा लगेको आरोप लगाएर लघुवित्तका शाखा प्रबन्धक ३७ वर्षीय विकाश रत्न श्रेष्ठले जाहेरी दिएका थिए । शाखा प्रबन्धकको जाहेरीको आधारमा १२ जनालाई पक्राउ गरेर मुलुकी अपराधसंहिता–२०७४ अनुसार आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा खानीखोला गाउँपालिका–१ घर भएका भक्त बहादुर ब्लोन, चौरीदेउराली घर भएकी कमला माझी, भुम्लु गाउँपालिका–१० बस्ने ५९ वर्षीया कान्छीमाया तामाङ, सिन्धुपाल्चोक घर भएकी ४० वर्षीया सरु दाहाल, रुपा पोखरेल र हिरा शाही छन् ।

त्यस्तै, ६० वर्षीया इन्दु कुमारी खरेल, प्रिया खत्री, २८ वर्षीया रमा चौलागाईं, निल कुमारी लुइँटेल, गोमा खत्री र गंगादेवी चौलागाईलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू विरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]