साताको कारोबारको तेस्रो दिन आज मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । अघिल्लो दिन १२७ अंक बढेको बजार यस दिन ६.९४ अंक बढेर २८३० अंकमा कायम भएको छ ।
परिसूचक बढ्दा कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो दिन १३ अर्ब १० करोडको कारोबार भएकोमा आज १३ अर्ब ५७ करोडको कारोबार भएको हो ।
आज ३२८ कम्पनीको १ लाख ४४ हजार १ सय ९७ पटकको कारोबारमा ३ करोड ५ लाख ९९ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार रुपैयाँ रहेको हो । १०६ कम्पनीको सेयर मूल्य बढ्दा १३३ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आजको कारोबारमा विकास बैंक एक दशमलव ३२, होटल तथा पर्यटन शून्य दशमलव ६५, जीवन बीमा दुई दशमलव २८, लघुवित्त शून्य दशमलव ३६ र निर्जीवन बीमा चार दशमलव ७८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ शून्य दशमलव ६७, वित्त एक दशमलव ५७, जलविद्युत् शून्य दशमलव ५०, लगानी शून्य दशमलव ४४, उत्पादन तथा प्रशोधन शून्य दशमलव १४, म्युचुअल फन्ड शून्य दशमलव शुन्य तीन, व्यापार शून्य दशमलव ४१ र अन्य समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ ।
सात कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै घट्नेमा भने हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य आठ दशमलव ८६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको रु ३४ करोड ७२ लाख २३ हजार दुई सय ७३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको सात लाख ४४ हजार एक सय ५० कित्ता शेयर किनबेच भए