०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र १८, २०८१

काठमाडौँ – बंगलादेशले पाकिस्तानविरुद्धको क्रिकेट इतिहासमै पहिलो पटक टेस्ट सिरिज जितेको छ। बंगलादेशले रावलपिन्डीमा भएको दोस्रो टेस्टमा पाकिस्तानलाई मंगलबार ६ विकेटले पराजित गर्दै सिरिज कब्जा गरेको हो। बंगलादेशका लागि लिट्टन दासले पहिलो इनिङमा शतक प्रहार गरेका थिए।

यसअघि बंगलादेशले पहिलो टेस्टमा पाकिस्तानविरुद्ध १० विकेटको जित निकालेको थियो। नजमुल हुसेनको कप्तानीमा रहेको बंगलादेशले दुई खेलको सिरिज २–० ले जितेसँगै इतिहास रच्न सफल भयो।

यसअघि दुई टिमबीच अहिलेसम्म ५ खेलको टेस्ट सिरिज भएको थियो। जहाँ सबै खेलमा पाकिस्तान विजयी भएको थियो। दुवै टिमले पहिलो पटक सन् २००१ मा पहिलो टेस्ट खेलेका थिए। यसअघि भने २०२१–०२२ मा एक अर्काविरुद्ध दुई टिम भिडेका थिए।

पाकिस्तान दोस्रो इनिङमा सोमबार १ सय ७२ रनमा अलआउट भएको थियो। जवाफमा बंगलादेशले जितका लागि १ सय ८५ रनको लक्ष्य पाएको थियो। जुन लक्ष्य बंगलादेशल आज पूरा गर्‍यो।

आज ४२ रनको अवस्थाबाट दिनको खेल सुरु गरेको बंगलादेशका लागि नजमुल हुसेन र मोमिनुल हकबीच ५७ बलमा १ सय १९ रनको साझेदारी हुँदा पाकिस्तान पराजयको बलियो आधार तयार भयो। बंगलादेशलाई जित दिलाउन सकिब अल हसन २१ र मुस्फिकर रहिम २२ रनमा अविजित फर्किए।

त्यसअघि पाकिस्तान पहिलो इनिङमा २ सय ७४ रनमा समेटिँदा बंगलादेशले २ सय ६२ रन बनाएको थियो। तर, दोस्रो इनिङमा १ सय ७२ रनमै पाकिस्तान अलआउट हुँदा जितका लागि बंगलादेशले १ सय ८५ रनको लक्ष्य पायो। जुन लक्ष्य बंगलादेशले ४ विकेट गुमाएर पूरा गर्‍यो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]