०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र २७, २०८१

झापा – झापाको अर्जुनधारा नगरपालिकामा पुजाको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी परेका छन् ।

अर्जुनधारा नगरपालिका-९ को खरबन्दी गाउँका अधिकांश बासिन्दा बिरामी भएका हुन् । स्थानीय रीता निरौलाकोमा बुधबार लगाइएको पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाएका थिए ।

प्रसाद खाने सबै बिरामी परेको स्थानीय विद्या कटवालले जानकारी दिइन् । उनका अनुसार पूजा घरमा पुगेर प्रसाद खाने धेरै बिरामी छन् । घरमा ल्याएको प्रसाद खाने पनि बिरामी भएका छन् । अर्जुनधारा नगरपालिका-९ का वडा अध्यक्ष भिष्म मिश्रका अनुसार गाउँका स्थानीय र पूजाका लागि पाहुना आएका आफन्त गरी ५५/६० जना बिरामी भएका छन् । बिरामीको स्थानीय क्लनिकमा उपचार भइरहेको छ ।

स्थानीय कटवालका अनुसार पूजामा प्रसाद खाएको केही समयपछि सबैलाई वान्ता र पखाला भएको थियो । ज्वरो पनि आएको छ । पुजाको प्रसादमा फुड पोइजन हुँदा गाउँ नै बिरामी परेको अध्यक्ष मिश्रले बताए ।

भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]