काठमाडौं – घुससहित पक्राउ परेका पर्यटन विकास आयोजना इकाई कार्यालयका इन्जिनियहरू दोषी ठहर भएका छन् ।
सव-इन्जिनियरहरु राजनप्रसाद भट्टराई र सन्जय अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ हजार रूपैयाँ घुससहित पक्राउ गरेको थियो । विशेष अदालतका न्यायधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले बिहीबार उनीहरूलाई दोषी ठहर गर्दै जनही ३ महिना कैद सजाय गरेको छ ।