०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र ३०, २०८१

एजेन्सी – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले कच्चा र प्रशोधित तेलमा भन्सार महसुल बढाएको छ ।

सूर्यमुखी तेल, पाम तेल र भटमासको तेलमा यो वृद्धि भएको हो । सरकारी सूचना अनुसार कच्चा तेलमा भन्सार महसुल शून्यबाट बढाएर २० प्रतिशत पु¥याएको छ भने प्रशोधित तेलमा ३२.५ प्रतिशत भन्सार महसुल बढाइएको छ ।

पीटीआईका अनुसार, वित्त मन्त्रालयले जारी गरेको सूचनामा सरकारले कच्चा र रिफाइन्ड सूर्यमुखी तेल, पाम तेल र सोयाबिन तेलको आधारभूत भन्सार महसुल बढाउने घोषणा गरेको छ। यसलाई बढाएर २० प्रतिशत र ३२.५ प्रतिशत पुर्याएको छ । भन्सार महसुलमा परिवर्तन गरेपछि आजदेखि भदौ २९ गतेदेखि नयाँ दर लागू भएको हो ।

कच्चा तेलमा आधारभूत भन्सार महसुल ०–२० प्रतिशत रहेको छ भने रिफाइन्ड तेलमा १२.५–३२.५ प्रतिशत रहेको छ । आधारभूत भन्सार महसुल बढेपछि अब कच्चा तेल र प्रशोधित तेलमा लाग्ने प्रभावकारी भन्सार क्रमशः ५.५ प्रतिशतबाट बढेर २७.५ प्रतिशत र १३.७५ प्रतिशतबाट ३५.७५ प्रतिशत पुग्नेछ ।

मोदी सरकारले प्याजको न्यूनतम निर्यात मूल्य हटाएको छ। यसबाहेक प्याजमा निर्यात शुल्क ४० प्रतिशतबाट २० प्रतिशतमा झारिएको छ । सरकारको यो कदमको प्रभाव विगत केही दिनदेखि लगातार बढिरहेको प्याजको मूल्यमा पनि देखिएको छ । यस सम्बन्धमा डीजीएफटीले एक सूचना जारी गर्दै अर्को आदेश नभएसम्म प्याज निर्यातमा लगाइएको एमईपी हटाउने निर्णय गरेको छ ।

जसमा पहिलो निर्णयमा प्याजको न्यूनतम निर्यात मूल्य (एमईपी) हटाएर ४० प्रतिशतबाट २० प्रतिशतमा झार्ने र यसबाट प्याज निर्यातमा वृद्धि हुनुका साथै प्याज उत्पादक किसानको आम्दानीमा वृद्धि हुनेछ । त्यस्तै, बासमती धान उत्पादन गर्ने किसानले निर्यात गरेर बढी नाफा कमाउन सक्ने गरी चामलको एमईपी खारेज गर्ने निर्णय पनि भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]