०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र ३०, २०८१

एजेन्सी – बलिउड अभिनेता गोविन्दाका छोरा यशवर्धन अभिनयमा डेब्यू गर्दैछन्। फिल्म ‘आओ ट्विस्ट करें’ बाट उनले बलिउडमा डेब्यू गर्न लागेका हुन्।

भारतीय सञ्चारमाध्यम ईटाइम्सका अनुसार यस फिल्मलाई गोविन्दाले निर्माण गर्नेछन्। फिल्ममा चर्चित कोरियोग्राफर गणेश आर्चायको छोरी सौन्दर्या आचार्यको पनि मुख्य भूमिका रहनेछ।

यस फिल्मका लागि यशवर्धन र सौन्दर्या अभिनय तालिम लिरहेका छन्। फिल्ममा गणेश आचार्य सह-निर्माताका रूपमा रहनेछन्। फिल्मलाई कसले निर्देशन गर्ने भनेर खुलाइएको छैन।

गोविन्दाकी श्रीमती सुनिता आहुजाले छोराको बलिउड डेब्यूलाई लिएर अन्तर्वार्ता दिएकी हुन्।

‘यशवर्धनको डेब्यू लकडाउनको कारण ढिला भएको हो। हामीले उनको लन्चबारे केही फिल्मकर्मीसँग कुराकानी गरेका छौं। उनको लागि हामी राम्रो प्रोडक्सन हाउस र राम्रो कहानी खोज्दैछौं। उनी अहिले आफ्नो शरीर सुगठित गर्न, अभिनय सिक्न र नृत्य सिक्न व्यस्त छन्,’ उनले भनेकी छन्।

यशवर्धनले साजिद नाडियाडवालासँग सहायक निर्देशकको रूपमा काम गरिसकेका छन्। उनले ‘ढिशूम’, ‘किक २’ र ‘तडप’ जस्ता फिल्ममा काम गरेका थिए।

गोविन्दाकी छोरी टिना अहुजाले पनि सन् २०१५ मा ‘सेकेन्ड ह्यान्ड हजबेन्ड’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। तर फिल्मले व्यावसायिक सफलता पाउन सकेन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]