०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र ३०, २०८१

हेटौंडा – मकवानपुर प्रहरीले हेटौंडामा दुई क्विन्टल २३ किलो गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा २१ च ५२२६ नं. को पिकअप गाडीलाई प्रहरीले रोकी जाँच गर्ने क्रममा लुकाएर ल्याएको २ सय २३ केजी गाँजासहित धादिङका चालक र गाडीमा सवार एक युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चालक धादिङ थाक्रे गाउँपालिका-४ का ३४ वर्षीय जीवन मगर र गाडीमा सवार थाक्रे-६ का ३० वर्षीय प्रदीप क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।

हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे प्रहरी चौकीका प्रहरीले उक्त गाडीलाई रोकी जाँच गर्ने क्रममा गाडीको ढालाभित्र लुकाइछिपाई गरी ल्याइएको अवस्थामा लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । लागूऔषध, पिकअप गाडीसहित मगर र क्षेत्रीलाई मकवानपुर जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आवमा लागूऔषध ओसारपसारको आरोपमा २१ महिलासहित २ सय ५०जनालाई पक्राउ गरेर मुद्दा दायर गरेको थियो । उक्त अवधिमा मकवानपुर प्रहरीले ३ हजार ९ सय ६२ केजी गाँजा बरामद गरेको छ भने १३ केजी अफिम, ७८ ग्राम खैरोहिरोइन र १ सय ५ केजी चरेश बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]