०२ माघ २०८१, बुधबार
wait Please...
शिक्षासंंगै खेलकुदलाई अगाडि बढाउनुपर्ने : कृषि मन्त्री साह

छिन्नमस्ता वडा स्तरीय T-20 क्रीकेट प्रतियोगिताको उपाधी छिन्नमस्ता स्पोर्ट्स क्लब लाई

एस एन यादव

शुक्रबार, मंसिर २६, २०७७

सप्तरी – प्रदेश न. २ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले शिक्षा संंगै खेलकुदलाई पनि अगाडि बढाउनुपर्नेमा जाेड दिनुभयाे ।
छिन्नमस्ता गाँउपालिकाकाे सहयाेग तथा छिन्नमस्ता स्पाेटर्स क्लवकाे अायाेजनामा सप्तरीको छिन्नमस्ता गाँउपालिका वडा न.१ बरहि बिरपुरमा अायाेजित वडास्तरिय क्रीकेट T 20 प्रतियोगिताकाे समापन समारोहमा प्रमुख अतिथिको अासन्नबाट बाेल्नुहुदे मन्त्री साहले साे कुरामा जाेड दिनुभएको हाे । उहाले राज्यको उदासिनताका कारणले यहाका राम्रो राम्रो खेलाडिहरु बिस्थापित भइरहेकोले यस्ता खेलाडिहरुलाइ उचित स्थान सम्म पुर्याउनका लागि स्थानीय सरकार ,प्रदेश तथा केन्द्रीय सरकारलाई समेत गम्भीर बन्नुपर्ने बताउनुभयाे । मन्त्री साहले एउटा खेलाडिले घर परिवारका साथे ,गाउँ ,टाेल ,समाज र देशकाे नाम समेत उच्च स्थानमा पुर्याउने भएकाले खेल तथा खेलाडिहरुलाई चाहिने अावश्यक सहयाेग गर्न प्रदेश सरकार तत्पर रहेकाे प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
क्लवका संरक्षक तिर्थ नारायण रायकाे अध्यक्ष्ातामा अायाेजित साे प्रतियोगिताकाे समापन्न समाराेहमा बिशिस्ट अतिथि छिन्नमस्ता गाउपालिकाका अध्यक्ष सुर्य नारायण मण्डल, गाँउपालिकाकि उपाध्यक्ष श्रीमति उषा मण्डल, छिन्नमस्ता गाँउपालिका वडा न १ का वडाअध्यक्ष बिनोद कुमार यादव ,युवा पत्रकार शुभ नारायण यादव ,समाजसेवि रामधन राय लगायतकाहरुले “छिन्नमस्ता स्पोर्ट्स क्लब को अभियान राष्ट्रिय स्तरको क्रीकेट मैदान” बनाउने अभियान तथा मैदान बनाउन सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । यस्तै कार्यक्रममा सहभागी बक्ताहरुले उक्त खेल मैदान निर्माणमा गाँँ पाले यसै बर्ष बजेट बिनियोजन गरि काम शुरु गर्ने तथा गाँँ पाले मैदान निर्मानका लागि सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेेेेका छन ।
यता छिन्नमस्ता गाँउपालिकाको वडा स्तरीय टी टवान्टी क्रीकेट प्रतियोगिता अन्तर्गतको अाज सम्पन्न फाइनल खेलको उपाधी छिन्नमस्ता स्पोर्ट्स क्लब जितेको छ ।
छिन्नमस्ता गाँउपालिको सहयोग तथा छिन्नमस्ता स्पोर्ट्स क्लब बरही बिरपुरको आयोजनामा बरही थान पोखरी क्रीकेट मैदानमा बिहिवारको फाइनल खेल छिन्नमस्ता स्पोर्ट्स क्लब र वडा न.७ बीच भएको खेलमा वडा न.७ ले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ५० रन बनाउन सफल भएका थिए ।
जसमध्ये भुपेन्द्र यादव ४०रन, सुशील यादव २१ रन, अनिल शर्मा १९ रन जोडेका थिए । भने बलिङ तर्फ छिन्नमस्ता स्पोर्ट्स क्लबका उपेन्द्र रायले २ विकेट, इन्द्रजित राय २ विकेट, गुनानन्द राय २ विकेट, रितिक राय १ विकेट लिएका थिए ।
त्यसैगरी जवाफी ब्याटिङ गर्न ओर्लेका छिन्नमस्ता स्पोर्ट्स क्लबले १९.१ ओभरमा ३ विकेट गुमाउँदै मात्र १५१ रन बनाउदै जित हासिल गरेका थिए । जसमा उपेन्द्र रायले आक्रामक ब्याटिङ गर्दै ८७ रन, बिकि रायले १६ रन, गुनानन्द राय १२ रन, रबि रायले १० रन जोडेका थिए । यता बलिङतर्फ छिन्नमस्ता वडा न.७ का अनिल शर्माले १ विकेट तथा पृतेश यादवले १ विकेट तथा पृतेश यादवले १ विकेट लिएका थिए।
यस्तै उक्त खेलको म्यान अफ दी म्याच, म्यान अफ दि सिरिज, बेस्ट ब्यट्सम्यान, बेस्ट बलर छिन्नमस्ता स्पोर्ट्स क्लबका उपेन्द्र राय घोषित भएका थिए भने बेस्ट फिल्डर राजु राय, उदयमान खेलाडीको रुपमा वडा न.७ का अनिल शर्मा र स्पोर्ट्स क्लबका इन्द्रजित राय घोषित भएकाे क्लवका रवि कुमार रायले जानकारि दिनुभयाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]