झापा – झापाको गौरीगंज २ मा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
आईतबार बिहान ९ बजे करिब गौरीगंज २ का ३३ बर्षीय महेश राजबंशीले आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा बिद्युत सर्ट भई उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका राजबंशीलाई तत्काल उपचारको लागी लाईफलाईन अस्पताल दमक लगिएको थियो । उपचारको लागी अस्पताल पुर्याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गौरीगंजले जानकारी दिएको हो ।