०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन ०१, २०८१

काठमाडौँ – अमेरिकाले बङ्गलादेशलाई २० करोड २० लाख डलर अतिरिक्त आर्थिक सहायता दिने भएको छ ।

ढाका भ्रमणका क्रममा अमेरिकी प्रतिनिधिहरूले आइतबार यसको घोषणा गरेका हुन् । यो रकमले समावेशी आर्थिक वृद्धिदर र विकास कार्यक्रममा सहायता मिल्ने बताइएको छ । कनिष्ठ सहायक अर्थमन्त्री ब्रेन्ट नेइम्यानको नेतृत्वमा ६ जना अमेरिकी प्रतिनिधिमण्डल हालै ढाका आएका थिए ।

गत महिना देशव्यापी विरोध प्रदर्शनबिच प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत भागेपछि मोहम्मद युनुसले काम चलाउन सरकारको जिम्मेवारी लिएयता यो अमेरिकी अधिकारीहरूको पहिलो भ्रमण थियो । सन् २०२२ को शुरुतिर युक्रेनी युद्ध छेडिएयता इन्धन र खाद्यान्न आयातको खर्च बढेर बङ्गलादेशको अर्थतन्त्र थप मारमा परेको छ ।

यस्तोमा अर्थतन्त्रलाई स्थिर बनाउन मद्दतका लागि सरकारले ५ अर्ब डलर सहायताका लागि अनुरोध गरेको गएको हप्ता टेलिभिजनबाट गरेको एउटा सम्बोधनमा युनुसले भनेका थिए । बङ्गलादेशले गएको वर्ष बहुपक्षीय कर्जादाता निकाय अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ४ अर्ब ७० करोड डलरको वित्तीय उद्धार लिन खोजेको थियो ।एजेन्सी

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]