०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन ०१, २०८१

नयाँ दिल्ली – दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले राजीनामा दिएका छन्। उनले उपराज्यपाल विनयकुमार सक्सेनालाई मंगलबार राजीनामा बुझाएका हुन्।

जेलबाट बाहिर निस्किएलगत्तै केजरिवालले दिल्लीको मुख्यमन्बीबाट राजीनामा दिने घोषणा गरेका थिए। दिल्लीका जनताले फेरि नजिताएसम्म मुख्यमन्त्री नबन्ने उनले घोषणा गरेका थिए।

आम आदमी पार्टीका नेता गोपाल रायले दिल्लीको मुख्यमन्त्री अतिशी मर्लेना हुने भएकी छन्। आम आदमी पार्टीको विधायक दलको बैठकले मंगलबार अतिशीलाई दलको नेता बनाउने निर्णय गरेको थियो। दलको नेता भएसँगै अतिशी दिल्लीको मुख्यमन्त्री बन्ने भएकी हुन्।

‘नयाँ सरकार बनाउने विषयमा हामीले उपराज्यपाललाई जानकारी गराइसकेका छौं। दलका नेता अतिशीले छिट्टै सरकार बनाउनेछिन्,’ भारतीय सञ्चारमाध्यमहरूसँग उनले भने। आम आदमी पार्टीले उपराज्यपाल सक्सेनालाई शपथग्रहरण मिति तोक्न आग्रहसमेत गरेको छ। अतिशीले मुख्यमन्त्री केजरिवालले आफूलाई ठूलो जिम्मेवारी सुम्पेको बताएकी छन्। ‘उहाँले मलाई विधायक बनाउनुभयो, मन्त्री बनाउनुभयो। आज मुख्यमन्त्रीको जिम्मेवारी सुम्पिँदै हुनुहुन्छ। मेरो गुरु अरविन्द केजरिवाललाई धन्यवाद दिन चाहन्छु,’ अतिशीले सञ्चारकर्मीसँग भनिन्।

उनले मुख्यमन्त्री केजरिवालले पदबाट राजीनामा दिने निर्णयबाट आफू दुःखी भएको बताइन्। ‘दिल्लीका दुई करोड जनतालाई यही भन्न चाहन्छु कि दिल्लीका मुख्यमन्त्री कुनै व्यक्ति छन् भने त्यो अरविन्द केजरिवाल हुन्,’ उनले भनिन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]