०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन ०४, २०८१

सर्लाही – दुर्गा प्रसाई विरुद्ध जारी गरिएको पक्राउ पुर्जी विरुद्ध नागरिक बचाउँ अभियानले सर्लाहीमा पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरेको छ ।
नागरिक बचाँउ अभियानले सर्लाहीको लालबन्दीमा हिजो बिहीबार आयोजना गरेको आम सभामा सहभागी हुन आउने भनिएका प्रसाई विरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी गरिएपछि आमसभामा सहभागी हुन आएका उनका समर्थकहरुले सांकेतिक विरोध स्वरुप करिब आधा घण्टा पुर्व पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी बजार क्षेत्रमा चक्का जाम गरेका हुन । उनका समर्थकहरुले दुर्गा प्रसाई जिन्दावाद भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

यसैगरी नागरिक बचाउ अभियानले आयोजना गरेको आमसभामा प्रसाईको उपस्थिति हुन नसके पनि आमसभा भने सफल भएको कार्यक्रम संयोजक बद्री न्यौपानेले दाबी गरे । यस अघि अभियानका प्रमुख, मेडिकल व्यवसायी दुर्गा प्रसाईं सहित तीन जना विरुद्ध पक्राउ पुर्जी जारी भए पछि सर्लाहीको लालबन्दी बजारमा आयोजना गरिएको आम सभा स्थगित हुने हाल्ला फिजिएको थियो ।

आमसभामा सहभागी हुन आएका नागरिकलाई अभियानका संयोजक लगायतका वक्ताहरुले प्रसाईले लाइभ सम्बोधन गर्ने भनि आश्वश्त तुल्याएपछि दुर्गा प्रसाई भेटन आएका नागरिक प्रतिक्षामा बसेका थिए । लाइभ प्रसारण नभएपछि कार्यक्रममा सहभागी हुन आएका नागरिकहरु निराश देखिन्थे ।

यसै बिच दुर्गा प्रसाई विरुद्ध पक्राउ पुर्जी जारी गरिएको विरोधमा नागरिक बचाउन अभियानले आज शुक्रवारदेखि देशैभर चक्काजाम गर्ने चेतावनी दिएको छ । अभियानले बिहीवार विज्ञप्ती जारी गर्दै पक्राउ पुर्जी तत्काल फिर्ता नलिए बिहिवार साँझ राँके जुलुस र विरोध प्रदर्शन तथा ४ गते चक्का जाम गर्ने चेतावानी दिएको हो ।

अभियानले शान्तिपूर्ण रुपमा चलाइएको आन्दोलनलाई दमन गर्दै गणतन्त्रको उपहास हुने गरी नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको सरकारले हनन गरेको आराप लगाएको छ ।

लालबन्दीमा गरिएको आमसभामा विभिन्न जिल्लाबाट हजारौंको संख्यामा नागरिकहरू आएका थिए । सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । केहि बेर चक्काजाम र नाराबाजी गरिएपनि शान्ति पूर्ण रुपमा आमसभा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]