जनकपुरधाम – मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा डा. जामुनप्रसाद सिंह नियुक्त भएका छन्।
शुक्रबार साँझ वरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिक दसौँ तहका मधेस सरकारका कर्मचारी रहेका डा. सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेस प्रदेशले निर्देशकमा नियुक्त गरेको हो।
वरिष्ठ बालरोग विशेषज्ञ डा. सिंह विगत एक दशकदेखि यसै अस्पतालमा कार्यरत् छन्।
यसअघि रहेका निर्देशक डा. रामनरेश पण्डितको सरुवा हुँदा सो पद करिब डेढ महिनादेखि रिक्त रहेको थियो।