३० आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन ०९, २०८१

सप्तरी – डाक्नेश्वरी नगरपालिका वडा नम्बर ९ पत्थरगाढामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नाेवेल मेडिकल कलेज टिचिङ हस्पिटल र काठमाडौ मेडिकल कलेजकाे संयुक्त सहयाेगमा तथा नेपाली कांग्रेस जिल्ला कार्य समिति सप्तरीकाे समन्वयमा डाक्नेश्वरी नगरपालिकाले स्वास्थ्य शिविर आयाेजनामा गरेको हो ।

नाेवेल मेडिकल कलेज टिचिङ हस्पिटलका डा. सुनिल शर्माकाे विशेष पहल र अगुवाइमा स्वास्थ्य शिविरकाे आयाेजना गरिएको आयोजकले जनाएको छ ।

शिविरमा १४ वटा विभाग सम्वन्धि विशेषज्ञ डाक्टरहरुद्वारा सेवासुविधा उपलब्ध गराएकाे जानकारी दिए ।
शिविरमा सामान्य स्वास्थ्य जाँचदेखि नाक, कान घाँटी, मुख, आँखा, सुगर, छला र प्रसुती तथा स्त्रीरोग , मुटु , हाड जाेर्नी तथा नशा सम्वन्धि , बाल राेग , फाेक्साे , छाला , दन्तराेग , आँखा सम्वन्धि , जनरल सर्जरी , प्रयाेगशाला प्ररीक्षण , ल्याव, भिडियो एकसरे , इसिजी , इकाे , रगत,पिसाबकाे जाँच लगायतकाे विभिन्न सेवा सुविधा दिएकाे एक स्थानीयले जानकारी गराए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य दिनेश कुमार याादव द्वारा उद्घाटन गरिएको सो स्वास्थ्य शिविर कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति भूपेन्द्र नारायण यादवले गरेका थिए भने अतिथिहरुमा राजगढ़ गाऊँपालिकाका सभापति दिपेन्द्र प्रसाद यादव , राजगढ़ गाऊँपालिकाका भू. पू गाऊँपालिका अध्यक्ष परमानन्द यादव , राजगढ़ गाऊँ पालिका वडा नंबर १ का भू . पू . वडा सदस्य ओम प्रकाश यादव , युवा नेता संतोष यादव , विभिन्न पार्टीका नेता एवं कार्यकर्ताहरू, बुद्धीजीवी, समाज सेबी, शिक्षक , विद्यार्थी, युवा लगायतका उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]