२१ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन १६, २०८१

हेटौंडा – हेटौंडा उपमहानगरपालिका-१० वसपार्कस्थित होटलको कोठामा युवतीको हत्याका आरोपित युवालाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ । अदालतले तीन जनालाई जनही ५० हजार रुपैयाँ धरौटी लिई तारेखमा छाड्न आदेश गरेको छ ।

हेटौंडा उपमहानगरपालिका—११ सरस्वतीकी २३ वर्षीया एलिसा न्यौपानेको होटेलको कोठामा हत्या गरेको आरोपमा पक्राउ गरिएका हेटौंडा उपमहानगरपालिका—४ का ३२ वर्षीय समिर खान भन्ने चाँद खाँ पैठानलाई जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

भदौ ९ गते अपरान्ह ४ बजेतिर समिर खानसहित न्यौपाने होटेलमा कोठा लिएर बसेका थिए । समिर बेलुका ८ बजे नै कोठाको ढोकाको भित्रबाट चुकुल लगाएर झ्यालबाट हाम फालेर भागेका थिए । खानले युवतीलाई २ वटा बियरको बोतलसहित धारिलो हतियारले हिर्काएर हत्या गरेर भागेको प्रहरीले जनाएको छ ।

भोलिपल्ट बिहान होटेलको कोठा नखोलेपछि होटेलवालाले प्रहरी र वडाध्यक्ष डाकेर कोठा खोल्दा युवती मृत अवस्थामा भेटिएकी थिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]