३० आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, आश्विन २१, २०८१

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले यो वर्ष हिउँदमा औसतभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरेको छ ।

१५ असोजदेखि १६ पुससम्मको तीन महिने हावापानी वर्षाको आकलन गर्दै यो अवधिमा कोशी, मधेश र बागमती प्रदेशका जिल्लामा सरदरभन्दा बढी वर्षाको आकलन गरेको हो। गण्डकीका दक्षिण–पूर्वी भूभाग र लुम्बिनीका पूर्वी भूभागमा पनि सरदरभन्दा बढी वर्षाको सम्भावना भने कर्णाली प्रदेशका मध्य र उत्तरी भूभाग तथा सुदूरपश्चिमका उत्तरी भूभागमा भने सरदरभन्दा कम वर्षा हुनेछ ।

मुलुकका अन्य क्षेत्रमा भने सरदर वर्षा हुने सम्भावना छ। यो तीन महिनामा झन्डै ८० मिलिमिटर वर्षालाई औसत मानिन्छ। कात्तिक १५ देखि पुस १५ सम्मको तीन महिनामा देशभरको अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने देखिन्छ। अर्थात् जाडो ढिलो गरी सुरु हुने सम्भावना छ ।

विश्व मौसम संगठनको विश्वभर र क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारुपको आकलन, मौसम विभागकै हावापानी आकलन गर्ने प्रविधि र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनका आधारमा तीन महिने प्रक्षेपण गरेको हो। पूर्वी प्रशान्त महासागरमा विकसित हुने एन्सो तथा हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणाली (आइओडी) को हालको अवस्था तथा ऋतुगत परिवर्तनशीलताका कारकलाई मध्येनजर गरेर वर्षा र तापक्रमको प्रक्षेपण गरिएको हो। हाल प्रशान्त महानगरमा एन्सो तटस्थ अवस्थामा छ भने आगामी मध्य पुसम्म लालिनाको अवस्था देखा पर्ने सम्भावना छ।

त्यस्तै, हाल तटस्थ रहेको हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय सामुन्द्रिक तापक्रम आगामी दिन महिनासम्म तटस्थ रहने आकलन छ।

यो वर्षको मनसुन भने बाहिरिने क्रममा छ । यही साताभित्र मनसुन बाहिरिने विभागको प्रक्षेपण छ । दशैंको समयमा पनि सामान्य वर्षा हुन सक्ने चेतावनी विभागको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]