३० आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, आश्विन २१, २०८१

वीरगञ्ज – वीरगञ्जको नारायणी अस्पतालमा सुत्केरी गराउन आउने महिलाका लागि अबदेखि निःशुल्क रुपमा रगत उपलब्ध गराईने भएको छ।अस्पताल र नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाबीच सोमबार निःशुल्क रगत उपल्बध गराउने सम्झौता भएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा .चुमनलाल दास र नारायणी अस्पताल र नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बिरेन्द्र राज कँडेलले सम्झाैता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार अस्पतालमा सुत्केरी गराउन आउने महिलाको उपचारमा लाग्ने रगत निःशुल्क उपलब्ध गराईने छ।

रगत बापत लाग्ने शुल्क अस्पतालले रक्त सञ्चार केन्द्रलाई प्रदान गर्नेछ।हरेक महिनाको ५ गतेभित्रमा अस्पताललाई रगतको बारेमा रक्त सञ्चारले जानकारी दिनेछ। सोहीअनुसार अस्पतालले रगतबापतको रकम भुक्तानी गर्नेछ।

नारायणी अस्पतालमा पर्सा बारा रोतहट गरि मधेस प्रदेश भरिकै महिलाहरु सत्केरीको लागि आउने गरेका छन। यहाँ दैनिक रुपमा तीस देखि ३५ जना महिलाहरुले सुत्केरी सेवा लिदै आएका छन्। सुत्केरीको बेलामा प्राय महिलाहरुलाई रगतको आवयशकता पर्ने गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]