हनुमाननगर सप्तरी -सप्तरीकाे हनुमानगर कंकालिनि नगरपालिका र वार्डकार्यालयमा लगाईएकाे ताला आज प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा ताला खोलिएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा भएको महत्वपूर्ण बैठकले बिगत लामो समयदेखि राहत वितरण, परिषद नबसेकाे र कर्मचारीहरूले तलव नपाएकाे विषयलाई लिएर वडा कार्यलय र नगरपालिकामा रहेकाे ताला बन्दीको समस्या समाधान गरेको छ।
यस बैठकमा सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरू, नगर प्रमुख बिरेन्द्र माझी र वडा अध्यक्षहरू र ताला लगाउनेहरुको सहभागिता रहेको थियो।
बैठकमा वडामा ताला लगाउनेहरु पालिकाका स्थानियहरू ,वार्ड अध्यक्षहरूले तालाबन्दी खाेल्न र परिषद् वस्न सहमति जनाएका छन्। यो सहमतिले सप्तरीको स्थानीय प्रशासन र जनप्रतिनिधिहरूबीचको विवादलाई तत्काल सामाधान गर्दै नगरको परिषद् सञ्चालनमा रहेको बाधा हटाएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालको मध्यस्थतामा वडा अध्यक्षहरू र नगर प्रमुख माझीबीच संवाद गरी बिवादलाई समाधान गरिएको छ।
बैठकमा उपस्थित सबै पक्षले सहकार्य र संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै भविष्यमा अफ्ठेरो परिस्थितिको सहकार्यद्वारा समाधान खोज्ने प्रतिवद्धता व्यक्त गरेका छन्।