३० कार्तिक २०८१, शुक्रबार
wait Please...

अनवर अलि

शुक्रबार, कार्तिक ३०, २०८१

राजबिराज सप्तरी -सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र ४ मा हुन गइरहेको वार्ड अध्यक्षहरूकाे निर्वाचनकाे लागि जिल्ला निर्वाचन अधिकृतकाे कार्यालय विधिवत् रूपमा मुख्य सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकाकाे वडा नम्बर १ र ४ मा हुन गईरहेकाे वार्ड अध्यक्षको उपनिर्वाचनकोलागी मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना भएको छ ।

सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र ४ मा हुन गइरहेको वार्ड अध्यक्षहरूकाे निर्वाचनकाे लागि जिल्ला निर्वाचन अधिकृतकाे कार्यालय विधिवत् रूपमा मुख्य निर्वाचन अधिकृत मा न्यायधिस दिपक दाहालले उद्घाटन गर्नु भएकाे छ।साे कार्यालय डाक्नेश्वरी नगरपालिकाकाे भवनमा रहनेछ ।

यस उपनिर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन मुख्य निर्वाचन अधिकृत मा दिपक दाहाल लगायत सप्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालको नेतृत्वमा ,नेपाली सेना, जिल्ला प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धानका प्रमुख सुरेन्द्र कोइराला, र जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधिहरूले मतदान केन्द्रहरूको निरीक्षण र अनुगमन गरेका छन्।

प्रमुख जिल्ला अधिकारी दाहालले आम नागरिकलाई निर्धक्क रूपमा मतदान गर्ने वातावरण तयार गर्न शान्ति सुरक्षामा कुनै पनि कमी नहुने विश्वास दिलाएका छन्। साथै, निर्वाचनलाई निष्पक्ष, भयरहित, र व्यवस्थित बनाउने प्रतिबद्धता जनाउँदै सुरक्षाकर्मीहरूलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ।

मतदान केन्द्रहरूको निरीक्षणका क्रममा सुरक्षाका सबै उपायहरू लागू गरिने र कुनै पनि त्रुटी हुन नदिने कुरा प्रमुख जिल्ला अधिकारीले स्पष्ट पारे। आम जनताले निर्धक्क रूपमा आफ्ना मताधिकार प्रयोग गर्न सक्ने सुनिश्चितता स्थानीय प्रशासनले गरेको छ।

निर्वाचनको सफल सञ्चालनका लागि सबै पक्षको सहकार्य र निगरानी आवश्यक रहेको भन्दै प्रमुख जिल्ला अधिकारीले शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्न पूर्ण प्रतिबद्धता व्यक्त गरेका छन्।

यस सन्देशमार्फत् आम जनतालाई पनि स्वतन्त्र र निडर रूपमा मतदान प्रक्रियामा सहभागी हुन अनुरोध गरिएको छ। अधिकृत मा न्यायधिस दिपक दाहालले उद्घाटन गर्नु भएकाे छ।साे कार्यालय डाक्नेश्वरी नगरपालिकाकाे भवनमा रहनेछ  भने मतदान स्थल र केन्द्र डाक्नेश्वरी १ राप्रावि बलाटी मतदान केन्द्रमा १०७४ मतदाता संख्या रहेको छ भने १ मै श्री मावि कबिलासा केन्द्र ( क) ७५६ श्री मावि कबिलासा (ख) ७९३ मतदात सङ्ख्या रहेको छ
डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ मा राप्रावि भूतही(क)मा ६४४ राप्रावि भुतही (ख) ६७५ मतदाता संख्या रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]