महादेवा सप्तरी – तराईमा विगत चार दिनदेखि बाक्लो हुसुको कारण अत्याधिक चिसो बढेको छ। पूर्वी तराईका जिल्लाहरुमा चिसो र शीतलहरले गर्दा जीवन कष्टकर बनेको छ। अहिले तराईका असहाय, गरिबहरू राहतको खोजीमा छन्। त्यस कुरालाई मध्यनजर गर्दै सप्तरी जिल्लाका युवा अभियन्ताहरूले सेवा नै धर्म हो कार्यक्रमलाई मध्यनजर गर्दै दोस्रो चरणको कार्यक्रम महादेवा गाउँपालिका वडा नम्बर ४ बलिया सप्तरीमा न्यानो लुगा वितरण गरेका छन ।
देशविदेशमा रहेका युवाहरूको आर्थिक सहयोग र सप्तरीका युवा अभियन्ताहरूको सहयोगमा महादेव गाउँपालिका ४ बलिया सप्तरीमा अति विपन्न गरिब असहाय १८ जना बालबालिकाहरूलाई ज्याकेट एक थान, ट्राउजर एक थान, मौजा एक सेट, र ब्ल्याङ्केट वितरण गरेका छन ।
आज महादेवा गाउँपालिका वडा नम्बर ४ बलिया सप्तरीमा थप १८ जना बालबालिकालाई न्यानो लुगा वितरण गरिएको र हाल सम्म सप्तरी जिल्लाभरि ४१ अति नै असहाय गरिब र अनाथ बालबालिकाहरूलाई न्यानो लुगा वितरण गरेको यस कार्यक्रमका संयोजक अनवर अलीले जानकारी गराए।
आज यस कार्यक्रममा सामाजिक युवा अभियन्ता अनवर अली ,व्यवसायी सेरु,खान, प्रधानाध्यापक लुकमान अली, तवरेज आलम, स्थानीय मदरसाका प्राधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष , बुद्धिजीवी, समाजसेवी, भरभलादमी, पत्रकारहरुको उपस्थिति रहेको थियो। यस कार्यक्रमलाई थप निरन्तरता दिने र सल्लाह सुझाव अनुसार अगाडि बढाउने र कार्यक्रमका संयोजकले सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद र आभार प्रकट गरेका थिए ।