सप्तरी – महालक्ष्मी विकास बैंकका कर्मचारीसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । कर्जा अपचलनसम्बन्धि बैंकिङ कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सन्दीप लिम्बु, पूर्ण राई र देवेन्द्र राई छन् । बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा प्रवाह गर्दा अनियमितता गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । कमसल सुन धितो राखी अत्याधिक मूल्याङकन गराई कर्जा लिएर नतिरी ठगी भएको हो । यसमा ऋणीका साथै बैंकका कर्जा शाखाका कर्मचारी तथा सुन जाँचकीको मिलेमतो देखिएको प्रहरी स्रोत बताउँछ ।
कर्जा लिएको बेला भन्दा सुनको भाउ ४० प्रतिशत बृद्धी हुँदा पनि धितोबाट कर्जा उठ्ने अवस्था नभएपछि घटना प्रहरीमा पुगेको हो । बैंकको केन्द्रीय कार्यालयले दिएको जाहेरीका आधारमा उनीहरु पक्राउ परेका हुन् ।