०६ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २९, २०७७

सप्तरी – नेपाली सेनाले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह हिंसात्मक बाटोतर्फ अग्रसर भएको निष्कर्ष निकालेको छ । सुरक्षा संवेदनशीलता बढेको निष्कर्षसहित प्रधानसेनापति पूर्णचन्द्र थापाले देशका विकट स्थानमा रहेका गण, गुल्ममा पुगेर फौजसँग प्रत्यक्ष संवाद थालेका हुन् ।

जंगीअड्डा स्रोतका अनुसार समूहले मोरङमा एक जना निहत्था नागरिकको हत्या गरेपछि निगरानी बढाउन प्रधानसेनापति थापाले सैनिकहरुलाई निर्देशन दिएका छन् । सेनाको कात्तिक पहिलो साता भएको पृतनापति सम्मेलनले पनि विप्लव समूहलाई राष्ट्रिय सुरक्षाको मुख्य चुनौतिका रुपमा विश्लेषण गर्दै गतिविधि बढाउनसक्ने भनेको थियो ।व्यक्ति हत्या, जनसरकार घोषणा, विष्फोटन जस्ता गतिविधिलाई बढाउन थालेपछि समूहले हिंसा र आतंक र्सिजनालाई बढाउन खोजेको देखिएकाले त्यस्ता गतिविधिलाई निस्तेज पार्न सुक्ष्म निगरानी थाल्न प्रधानसेनापति थापाको निर्देशन छ । ‘गैरसंवैधानिक प्रक्रियामा रहेका हिंसात्मक प्रकृतिका समूहको सम्भावित गतिविधिसँग जानकार रहनू’, थापाले भनेका छन्, ‘सबै परिस्थितिहरुमा स्थानीय तथा प्रदेश सरकारसँगको समन्वयमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा नेपालको संविधान एवं प्रचलित ऐन, नियम अनुसार सबै प्रकारको सहयोग गर्न सक्ने गरी तयारी अवस्थामा रहनू ।’स्रोतका अनुसार सम्बोधनका क्रममा थापाले असन्तुष्ट समूह आपराधिक क्रियाकलापमा संलग्न भएर समाजमा हिंसा र आतंक सिर्जना गर्दै जानसक्ने अवस्थाप्रति पनि सजग रहन भनेका छन् । साथै, उनले स्थानीय स्तरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसमेतसँग समन्वय गरी शान्ति, सुरक्षा र स्थिरता कायम राख्न तयारी हालतमा रहन पनि भनेका छन् ।सेनापति थापाले हिउँदामा कोभिड–१९ भाइरसको संक्रमण थप बढ्न सक्ने सम्भावनासमेत भएकाले सुरक्षा मापदण्ड पालना गर्दै सामुन्नेमा आउने परिस्थितिमा प्रदेश तथा स्थानीय सरकारलाई आवश्यक सहयोग गर्न पनि निर्देशन दिएका छन् ।

नेपाली सेनाले आधुनिक र पेशेवर सेनाको रुपमा विकास गर्ने आधारहरु तयार गरिसकेको उल्लेख गर्दै प्रधानसेनापति थापाले संगठनमा स्थापित हुँदै गएका पद्दति र प्रणालीलाई अझ सबल, मजबुत र नियमित बनाउन सबैले आ–आफ्नो नियुक्तिको जिम्मेवारी पूर्ण इमान्दार र वफादार भई निभाउनु पर्नेमा पनि जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]