०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर ३०, २०७७

सप्तरी – दुनियाँमा यस्ता धेरै रहस्यहरु छन् जसका बारेमा सबै मानिसहरुलाई जानकारी हुँदैन । एउटा यस्तै रहस्यको रुपमा रहेको छ साइप्रसको वरोसा सहर ।

कुनै समय घना बस्ती रहेको उक्त सहर अहिले मानवबिहीन भुताहा सहरको रुपमा रहेको छ । वरोसा सहरलाई विश्वको सबैभन्दा ठूलो घोस्ट टाउन अर्थात् भुताहा सहर पनि भनिन्छ।सहरमा अग्ला अग्ला भवनहरु छन् तर त्यहाँ मानिसको नामोनिसान छैन । घरहरु सबै खाली छन् । सहरमा कुनै समय रहेका होटलदेखि आवासीय भवनहरु र रेष्टुरेन्ट सबै खण्डहरमा परिणत हुँदैछन् ।फमागस्ता प्रान्तको वरोसामा एक सानो भूभाग बाहेक अरु सबैलाई सधैका लागि बन्द गरिएको छ । तारबार लगाइएको उक्त भुताहा सहरभित्र छिर्नु त परै जाओस् बाहिरबाट कुनै तस्वीर लिन प्रयास गर्नेलाई पनि गिरफ्तार गरिन्छ ।मिडिया रिपोर्टका अनुसार ४५ वर्षअघि उक्त सहरको जनसंख्या ४० हजार थियो । तर सन् १९७४ मा विदेशी सेनाको आक्रमणको त्रासका कारण पूरै सहर रातारात खाली भयो ।वास्तवमा सन् १९७४ को जुलाईमा टर्किस सेनाले साइप्रसमाथि ग्रिक राष्ट्रवादीहरुको कू को विरोधमा आक्रमण गरेको थियो । उक्त घटनापछि नरसंहारको डरका कारण पूरा सहर एकै रातमा खाली भयो । त्यहाँ बस्ने बानिसहरु ज्यान जोगाउन आसपासका सहरमा शरण लिन गए र कहिल्यै फर्केनन् ।

वरोसा सहर अहिले टर्किस सेनाको कब्जामा रहेको छ । त्यहाँ केवल टर्कीको गस्ती टोली मात्र जान सक्दछ । त्यसबाहेक कसैलाई पनि त्यहाँ जाने अनुमति छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]