सप्तरी – चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रय क्रिकेट रंगशालामा जारी गौतम बुद्ध टी–२० कप फाइनलमा राप्तीले नारायणीलाई १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको राप्तीले पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा १४३ रन बनाएको थियो।राप्तीका ओपनर अमित श्रेष्ठले १८ रन बनाउँदे पेवेलियन फर्र्किए भने अर्का ओपनर कुशल भुर्तेलले सर्वाधिक ४२ रन बनाए। त्यस्तै शरद भेषावकर र भुवन कार्की क्रमशः १० र ४ रनमै आउट भए।त्यस्तै विनोद भण्डारीले ३० रन बनाएर रन आउट भए। एक रन जोड्दै कमल सिंह बाहिरिए।
यता नारायणीका शहबाब आलमले सर्वाधिक तीन विकेट लिए भने सुशन भारीले दुई र करण केसीले एक विकेट लिए।