०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – नाका खुलाउन माग गर्दै वीरगञ्जमा २० दिनदेखि धर्ना जारी छ । नेपाल-भारत खुला सीमा संवाद समूहमा आवद्ध मानिस सीमा क्षेत्रमा पुग्छन् । बिहान ९ बजेदेखि १० बजेसम्म धर्नामा बस्छन् ।

तर बुधबार आन्दोलनरत समूहले चक्काजाम समेत गरेको छ । चक्काजाममा टेम्पो, ई-रिक्सा चालकहरुले समेत समर्थन जनाएका छन् । शान्तिपूर्ण धर्नामा बस्दा सरकारले नसुनेकोले आन्दोलनको स्वरुप परिवर्तन गरिएको प्रदर्शनकारीको तर्क छ । शान्तिपूर्ण धर्ना बस्दा सरकारले नसुनेकोले आन्दोलनको स्वरुप परिवर्तन गरिएको संवाद समूहका कृष्ण पटेल बताउँछन् ।सरकारले मंसिर मासन्तसम्म मात्रै नाका बन्द हुने बताएको थियो । तर आज पुस १ गतेपनि नाका खुलेको छैन । सुरक्षाकर्मीहरुले मुख्य नाका हुँदै आवागमनमा कडाइ गरेका छन् । वीरगञ्ज भन्सार कार्यालय नपुग्दै सशस्त्र प्रहरीले मोटरसाइकल, अटो रिक्सा र अन्य साना सवारी साधनलाई रोक्ने गरेको छ ।सर्वसाधरण पैदल वीरगञ्ज– रक्सौल गर्छन् भने टेम्पो, अटो रिक्सा त्यहीँबाट फर्कन्छन् । मोटरसाइकल चालकहरु खेत खलियानको बाटो हुँदै रक्सौल पुगेर आउँछन् ।संवाद समूहका संयोजक पटेल नाकाको विषयलाई सरकारले अनिर्णयको बन्दी बनाएर सीमा क्षेत्रका बासिन्दालाई दुःख दिने काम गरेको बताए । ‘भारत सरकारले नाका खोलिसकेको छ, नेपाल सरकारले मंसिर ३० गतेसम्म बन्द गर्ने भनेको थियो । आज पुस १ गते पनि नाका खुलेको छैन,’ उनले भने, ‘२० दिनदेखि शान्तिपूर्ण धनामा थियौं, नाका खोल्नुपर्नेमा सरकारले अनिर्णयको बन्दी बनाएको छ । त्यसैले आन्दोलनको स्वरुप बदलेर धर्नापछि एक घण्टा चक्काजाम समेत गरेका छौं ।’सीमावर्ती क्षेत्रमा सदियौंदेखि रोटीबेटीको सम्बन्ध रहेको र नाकामा आवागमन सहज नहुँदा सर्वसाधरणले सास्ती भोग्नु परेको उनीहरुको तर्क छ । सीमावर्ती क्षेत्रमा वारिपारि विवाह समेत हुने गरेको छ । विवाहको सिजनमा सवारी आवागमन निषेध गरिएका कारण दुवै देशका नागरिकले झनै सास्ती पाएको उनीहरुले बताएका छन् ।भिजिट मधेस नेपाल अभियानका संयोजक ओम प्रकाश सर्राफ नाकामा आवागमन सहज नहुँदा भारतबाट पर्यटक नेपाल आउन नपाएको तर्क गर्छन् ।‘रक्सौलमा आएपछि भारतीय गाडी उतै छोडेर पैदल नेपाल आउनुपर्छ, त्यसपछि अर्को गाडीमा चढ्नुपर्छ । भारतीय पर्यटक आउन पाइरहेका छैनन् ।’ उनले भने ‘ पर्यटक आएर यता किनमेल पनि गर्थे, पर्यटन क्षेत्रमा मात्रै नभएर बजारमा समेत नकारात्मक असर परेको छ ।’९ महिनादेखि नाका ठप्प हुँदा वीरगञ्ज, कलैया, सिमरा, पथलैया क्षेत्रका होटल व्यवसाय ठप्प छ । नाका नखोले अनसन बस्ने चेतावनी वीरगञ्ज होटल तथा पर्यटन व्यवसायीहरुले दिइसकेका छन् ।

वीरगञ्ज नाका खोल्न होटल व्यवसायीको माग कात्तिक ६ गतेदेखि नै भारतले एकतर्फी नाका खोलेको छ । नेपालले एकतर्फी मात्रै बन्द गरेको छ । सर्वसाधरण यसकारण रुष्ट छन् । सरकारले समयमै निर्णय नगरेका कारण स्थानीय प्रशासन समेत अन्यौलमा छ । मंसिर मसान्तसम्म बन्द रहने भनेकोले पुस १ गतेबाट स्वतः नाका पुरानै अवस्थामा फर्कनुपर्ने हो । तर जिल्ला प्रशासन कार्यालयहरु सरकारी निर्णयको प्रतिक्षामा छन् ।पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले भने अर्को निर्ण नआईसकेकोले पुरानै आदेश कार्यान्वयन हुने बताउँछन् । ‘ सरकारले यसअघि मंसिर मसान्तसम्म नाका बन्द राख्ने निर्णय गरेको हो । वीरगञ्ज सहित देशका १२ वटा नाकाबाट आवागमन खुल्ला गरेको थियो,’ उनले भने, ‘अर्को निर्देशन आइसकेको छैन । अर्को निर्देशन नआउँदासम्म नाकामा लागेको प्रतिबन्ध कायम रहन्छ ।’संवाद समूहले बाराको मटिअर्वा नाकामा पनि धर्ना दिइरहेको छ । सदियौंदेखि खुल्ला रहेको सीमा नाका कोरोनाको बहानामा बन्द राखेर दुःख दिएको भन्दै उनीहरुले नाका खोल्न माग राखेर धर्नामा बसेका हुन् ।

उनीहरुले अपरान्ह ३ बजेदेखि ४ बजेसम्म मटिअर्वा नाकामा धर्ना दिने गरेका छन् । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य डाक्टर कमरुल्लाह अन्सारीले रोटिबेटीको सम्बन्धमा आघात पुर्‍याउने उद्देश्यले नाका बन्द राखिएको आरोप लगाए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]