१० पौष २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको टोटेनहम र लिभरपुलबीच आज राति प्रतिस्पर्धा हुँदैछ । खेल लिभरपुलको मैदानमा राति १ः४५ बजे हुनेछ ।

यो खेल दुवै टोलीको लागि उत्तिकै महत्त्वपुर्ण छ । एक खेलमा जित हात पार्ने टोलीले शीर्षस्थानमा ३ अंकको अग्रता बढाउने छ । शीर्षस्थानमा रहेको टोटेनहम र लिभरपुलको समान १२ खेलबाट २५ अंक रहेको छ । गोल अन्तरमा टोटेनहम अघि रहेको छ ।घरेलु मैदानमा लिभरपुल टोटेनहमलाई पराजित गर्दै शीर्षस्थानमा उक्लने लक्ष्यमा हुनेछ । टोलीसँग मोहम्मद सलाह, साडियो माने, रोबर्टाे फिर्मिनो, कर्टिस जोनु, जर्जिन्हो वाइनाल्डम, कप्तान जोर्डन हेन्डरसन, एन्ड्रिउ रोबर्टसन, फाविन्हो, जोए मटिप, ट्रेन्ट एलेक्सान्डर अर्नाेल्ड र गोलरक्षक एलिसन बेकरको साथ रहेको छ ।चोटका कारण डिएगा जोटा टोली बाहिर छन् । यस्तै जेम्स मिल्नर, थियागो अलकान्तरा, भर्जिल भान डाइक जद्रान शाकिरी, नावी केइटा र जेम्स मिलनर पनि टोली बाहिर रहेका छन् ।यता, टोटेनहम पनि लिभरपुलाई उसकै मैदानमा हराउदै शीर्षस्थानमा अग्रता लिने लक्ष्यमा हुनेछ । पछिल्लो १० खेलमा अपराजित रहेको टोटेनहम लिभरपुल माथि पनि जित निकाल्दै अपराजित रहने दाउमा हुनेछ ।टोलीसँग ह्यारी केन, ह्युङ मिन सन, जियोभानी लो सेल्सो, पिएरे इमिल होब्सजर्ग, मोउसा सिसोको, सर्जियो रिगुइलोन, इरिक डाएर, टोवी एल्डरवेइरेल्ड, सर्जी औरिएर र गोलरक्षक ह्युगो लोरिसको साथ रहेको छ । यो सिजन ह्यारी केन र सनको जोडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । लिभरपुलविरुद्ध पनि यि दुई जोडी मुख्य हतियार हुनेछन् ।यि दुई टोलीको पछिल्लो २३ खेलको नतिजामा लिभरपुल १२ खेलमा विजयी भएको छ । टोटेनहमले ५ खेलमा जित दर्ता गर्दा ६ खेल बराबरीमा सकिएको छ ।

पछिल्लो ६ खेलमा लिभरपुलले टोटेनहमसँग हार बेहोरेको छैन । जसमा ५ जित र १ बराबरीको नतिजा छ । लिभरपुल सोही अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा रहँदा टोेटेनहम लिभरपुललाई हराउने दाउमा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]