सप्तरी – नशालु औषधी डाईजेपाम, फेनारगन र बुप्रिनर्फिनसहित प्रहरीले एकजना पुरुषलाई पक्रेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण व्यूरोको संयुक्त टोलीले पोखराको न्यूरोडबाट ३० वर्षीय अशोक वाचे मगरलाई पक्राउ गरेको हो ।
तनहुँको व्यास नगरपालिका–८ घर भएका मगरको न्युरोड स्थित डेराबाट प्रहरीले १ सय एम्पुल डाईजेपाम, १ सय एम्पुल फेनारगन र सोही परिमाणमा बुप्रिनर्फिन बरामद गरेको छ । उनलाई लागु औषध सम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।