१८ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – गोरखाका स्थानीय तहले आफ्नो क्षेत्रमा सञ्चालित क्रसर उद्योगको विवरण माग गर्न थालेका छन् । अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गराउन भनी जिल्ला प्रशासन कार्यालयले गत मंसिर १४ गते सबै स्थानीय तहलाई पत्राचार गरेको थियो । त्यसपछि स्थानीय तहहरुले क्रसर उद्योगको कागजपत्र माग गरेको हो ।

पालुङटार नगरपालिकामा दुईवटा क्रसर उद्योग सञ्चालनमा रहेको मेयर दीपक बाबु कँडेलले बताए । वडा नम्वर १ मा सञ्चालित सिम्रन क्रसर उद्योग र माइ मनकामना क्रसर उद्योगसँग आवश्यक कागजपत्र माग गरिएको उनले बताए । ‘प्रशासनको पत्रलाई टेकेर हामीले उनीहरुलाई आवश्यक कागजपत्र बुझाउन भनेका छौ,’ उनले भने । यी दुबै क्रसर उद्योग अवैध रुपमा सञ्चालन भइरहेका छन् ।गोरखा नगरपालिका–१० छेवेटारमा संचालित गोरखकाली क्रसर उद्योग पनि अवैध रुपमा संचालन भइरहेको छ । उक्त क्रसरसँग आवश्यक कागजपत्र माग गरिएको मेयर राजनराज पन्तले बताए । आवश्यक कागजपत्र माग गरेपनि तत्काललाई क्रसर बन्द गर्ने अवस्था नरहेको उनको भनाइ छ ।‘पहिलो कुरा क्रसर बन्द गर्ने अधिकार क्षेत्रबारे अझै अन्योल छ,’ उनले भने, ‘दोस्रो अहिले धमाधम भइरहेको निर्माण कार्यलाई अगाडि बढाउन अर्काे विकल्प हुनुपर्छ ।’ औपचारिकताका लागी मात्र आवश्यक कागजपत्र माग गरिएको बताउदै पन्तले देशभरका अवैध क्रसरहरु एक साथ बन्द गराउनुपर्ने बताए ।गण्डकी गाउँपालिका–८ स्थित क्रसर उद्योग संचालन गरेको घ्याल्चोक सिद्धि दर्शन सप्लायर्ससँग पनि आवश्यक कागजपत्र माग गरिएको पालिका अध्यक्ष होमबहादुर रानाले बताए । वालुवा प्रशोधन मात्र गर्ने भनेर दर्ता भएको उक्त सप्लायर्सले अवैध रुपमा क्रसर संचालन गर्दै आएको छ ।सिरानचोक गाउँपालिका–६ खहरे र वडा नम्वर २ थालाजुङमा दुई वटा क्रसर सञ्चालनमा छन् । खहरेमा रहेको क्रसर मध्य पहाडी लोक मार्ग अन्तर्गत संचालन गरिएको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।

त्यस्तै थालाजुङमा संचालित क्रसर भच्चेक सडक कालोपत्रेका लागि संचालन गरिएको उनले जानकारी दिए । दुवै क्रसरहरु आयोजनाका लागि संचालन भएकाले आफूहरुले आवश्यक कागजपत्र माग नगरेको अध्यक्ष गुरुङ बताउँछन् । ‘आयोजनाका लागि स्थापना भएका हुन्, हामीले अनुमति दिएको पनि हैन, सिफारिस गरेको पनि होइन, आयोजनाको काम सकिएपछि आफैं बन्द हुन्छन्,’ उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]